सीमामा रोकिएका दुई हजार नेपाली ३४ दिनपछि नेपाल फर्काउन सुरु
गोरखापत्र अनलाइन
बैशाख १८, २०७७ बिहीबार
चौँतीस दिनदेखि भारतीय क्वारेन्टाइनमा बस्दै आएका एक हजार नेपाली खलंगा र दत्तु नाका भएर बिहिबार स्वदेश फर्किएका छन् । नेपालमा लकडाउन र सीमा नाका बन्द भएपछि भारतको पिथौरागढ जिल्लामा मजदुरी गरेर घर फर्किदै गरेका दार्चुला सहित १० जिल्लाका एक हजार ६१ नेपालीहरुलाई धारचुला र जौलजिबिको पाचँ वटा क्वारेन्टाइनमा राखिएको थियो ।