२६ जनाको स्वाब परीक्षणका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियाे
गोरखापत्र अनलाइन ,
बैशाख १८, २०७७ बिहीबार
कोरोना संक्रमणको आंशका गरिएका २६ जनाको स्वाब परीक्षणका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको छ । दमक ३ मा संक्रमण भेटिएका एक ६२ वर्षीय व्यक्तिको प्रत्यक्ष रुपमा सम्पर्कमा आएकाहरुको बिहीबार फेरि २५ वटा स्वाब र एकजना स्थानीय अस्पतालमा भर्ना भएका विरामीको स्वाब परीक्षणका लागि पठाईएको दमक नगरपालिकाकी प्रवक्ता गीता अधिकारीले बताउनुभयो ।