प्रयोगमा आउन सकेन पिसिआर मेसिन
रासस
बैशाख १८, २०७७ बिहीबार
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कोरोना परीक्षणका लागि आइपुगेको पिसिआर मेसिन जडान भइसके पनि आवश्यक किट नहुँदा प्रयोगमा आउन सकेको छैन । अस्पतालका निर्देशक मङ्गल रावलका अनुसार किट नआउँदासम्म मेसिन प्रयोगमा ल्याउन सकिने अवस्था छैन ।