होमराज रानाभाट
कावासोती, वैशाख १७ गते । आफैँले बोकेको बन्दुक पड्केर घाईते अवस्थामा उपचार गराईरहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पूर्वी नवलपरासी बुलिङटार गाउँपालिका वडा नं. ४ स्थित अर्खलाको चुलीबोझाका ४६ वर्षीय नरबहादुर रानामगर आफैँले बोकेको बन्दुक पड्केको थियो ।
भरतपुर अस्पतालमा उपचारपछि प्रहरीले प्रहरीले पक्राउ गरि कारबाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सो बन्दुकको कुनै कानुनी प्रमाणहरु समेत नभएकाले हातहतियार खरखजना मुद्दामा प्रहरीले कारबाही अगाडि बढाउने जनाएको छ ।
प्रहरीले घटनास्थलबाट भरुवा वन्दुक एक नाल समेत बरामद गरेको जनाएको छ ।