कर्णालीमा कोभिड–१९ को परीक्षण तीव्र पारिँदै, थपियो पिसिआर
रासस
बैशाख १३, २०७७ शनिबार
कर्णाली प्रदेशमा कोभिड –१९ को परीक्षण दायरा तीव्र पार्न रियल टाइम–पोलिमर चेन रिएक्सन (आरटी–पिसिआर) मेसिन थप गरिएको छ । प्रदेश सरकारको अनुरोधबमोजिम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परीक्षण तीव्र पार्न त्रिभुवन विश्वविद्यालयका माइक्रोबायोलोजिष्टसहित पिसिआर मेसिन पठाएको हो ।