सभापति गुरुङद्वारा १२ थान थर्मल गन सहयोग
रासस
बैशाख ११, २०७७ बिहीबार
राष्ट्रियसभा सदस्य तथा विधायन व्यवस्थापन समितिका सभापति पर्शुराममेघी गुरुङले कोरोना भाइरस परीक्षणका लागि १२ थान थर्मल गन सहयोग गर्नुभएको छ । सङ्खुवासभामा कोरोना भाइरस परीक्षणका लागि ज्वरो मापन गर्ने थर्मल गन अभाव भएपछि जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले सांसद गुरुङसँग थर्मल गन माग गर्नुभएको थियो ।