उदयपुरमा कोरोना सङ्क्रमति बढ्दै गएपछि लहानमा त्रास, आवतजावत रोक्न माग
रासस
बैशाख १०, २०७७ बुधबार
उदयपुरको भुल्केमा थप ११ जनामा कोरोना भाइरस(कोबिड १९) को सङ्क्रमण पुष्टी भएपछि उदयपुर जिल्लाबाट हुने आवतजावत तत्काल रोक्न यहाँका स्थानीयवासीले माग गरेका छन् ।
उनीहरुले छिमेकी जिल्ला उदयपुरमा कोरोना सङ्क्रमित भेटिएकाले सिरहाको लहान उच्च जोखिमा परेको भन्दै उदयपुर जिल्लाबाट हुने गरेको आवतवाजत पूर्णरुपमा रोक्नुपर्ने माग गरेका हुन् ।