चाँदनी आचार्य
लम्की वैशाख १० गते । कामका लागि पूर्वका विभिन्न जिल्ला गएका कामदार लकडाउनको समयमा सुदूरपश्चिमको प्रवेश द्धारा कर्णाली चिसापानी भित्रिनेको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ । दैनिक ज्यालादारीमा कामका लागि विभिन्न जिल्लामा पुगेका उनीहरुको काम बन्द भएसँंगै रोगले भन्दापनि भोकले मरिन्छकी भन्ने चिन्ताले घरफर्केको बताए ।
टीकापुर नगरपालिका ४ का राजकुमार चौधरी नगरपालिकाले पठाएको टिप्पर चढ्ने तरखरमा लाईनमा बस्नुभएको थियो । हसिलो अनुहार बनाउदै उहाँले अब केहि बेरमा घर पुगिने बताउनुभयो । उहाँ घरबनाउने ज्यामीकामका लागि भक्तपुरमा हुनुहुन्थ्यो, लकडाउनसंगै खाना र बस्नको समस्या भएपछि हिडेरै भएपनि घरजाने सोच बनाउनु भयो र आफूसंगै रहेका साथीसंग घरका लागि निस्कनुपनि भयो । काठमाण्डौबाट घरसम्म कसरी पुग्नेहोला भन्ने उहाँलाई चिन्तापरेको थियो ।
लक डाउनको समयमा पनि आफूजस्ता समस्यामा परेकाहरुलाई ठाउँ ठाउँमा गरिएको सहयोग देख्दा उहाँ सारैखुशी हुनुहुन्छ । भन्नुहुन्छ काठमाण्डौबाट कामगर्ने ठाउँको सरले गाडी चढाईदिनुभयो , बुटबल सम्म पुगेका हामिलाई चिसापानी सम्म पुर्याउन प्रहरीले सहयोग गर्यो । टीकापुरकै अर्का मजदुर यमुना सिंह दोलखामा घरबनाउने काममा मजदुरीका लागि श्रीमानसंग जानुभएको थियो ।
लकडाउनसंगै काम बन्द भएपछि उहा लकडाउन खुल्नेआशमा बसेपनि लकडाउन लम्बिएपछि खानाको समस्या हुनथाल्यो र घरजाने निर्णय गर्नुभयो । उहाँले दोलखा बाट दुईदिनमा कैलालीको चिसापानी पुगेको बताउदै बाटोमा छ सातठाउँमा झर्दै सहयोगमाग्दै आईपुगेको बताउनुभयो । बाटोमा खाना नास्ता खुवाएर आफूहरुलाई सहयोग गरेको उहाँले बताउनुभयो । बुधबार सिमा भित्रिने कंचनपुरका १५ जना युवा समेत रहेकाछन् ।
बेलौरी नगरपालिका ४ का एकैगाउँका १५ जना युवा किर्तिपुरमा घरबनाउनेकाम गर्नुहुन्थ्यो । लकडाउन खुल्ला काम गरौंला भनेका उनीहरु लकडाउन लम्बिए संगै खानाको समस्या भएपछि घर जाने विकल्प बाहेक अरु नदेखेपछि घरकालागि काठमाण्डौबाट कोहलपुरसम्म एकहजार तिरेर आएको बताउनुभयो ।
उक्त समूहका युवा किशोर चौधरीले कोहलपुरमा खाना खुवाएर निशुल्क ट्रकमा चिसापानी सम्म छोडेको बताउदै काठमाण्डौमा राहतकालागि समेत नागरिकता चाहिने भएपछि आफूहरुले राहत समेत नपाएको गुनासो गर्नुभयो । नागरिकता घरमै छुटेपछि खानाको समस्या भएकाले आफूहरु घर जानकालागि हिडेको किसोरले बताउनुभयो ।
बुधबारमात्रै, कैलाली र कञ्चनपुरका स्थानीय तह बेलौरी,भजनी, टीकापुर, लम्की, घोडाघोडी नगरपालिका तथा चुरे गाउँपालिका तीनसय बढी कामदार भित्रीएकाछन् । चुरेगाउँपालिका १ का चन्द्रबहादुर थापा सहित ६ जना दोलखा मा विद्यालयभवन बनाउने काम गर्नुहुन्थ्यो । फागुनको ९ गते गएका उहाँहरु लकडाउन संगै कामपनि बन्द भयो । कामगरेको पैसापनि बैंकमा भएको र निकाल्न समेत समस्या भएपछि खानाको समस्या भएपछि उहाँहरुपनि घरजान हिंडेको बताउनुभयो । बुधबार चिसापानी पुगेका धेरैले बाटोमा खानबस्न र गन्तब्यमा पुर्याउन स्थानीयले सहयोग गरेको बताए ।
ईलाका प्रहरी कार्यालय चिसापानी कैलालीका अनुसार कामकालागि पूर्वका विभिन्न जिल्लामा गएका सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका कामदारहरु लकडाउनको समयमा घर फर्कने क्रम बढेको जनाएको छ । हाल सम्म दुईहजार बढी कामदार भित्रिएको बताउदै ईलाका प्रहरी कार्यालयका प्रमुख दीर्घ बोगटीले चैत्र २७ गते देखि आफूहरुले सिमा सम्मपुगेका मजदुरहरुलाई विभिन्न जिल्लाका स्थानीय तहसम्म समन्वय गरी पठाउदै आएको बताउनुभयो ।
उहाँका अनुुुसार शुरुमा ३१ जना भित्रिकोमा अहिले दुई सय देखि चार सय सम्म नागरिकहरु भित्रिने गरेको बताउनुभयो । चैत्र २७ गते देखि बुधबार सम्म करिब दुईहजार मजदुर भित्रिका छन् । कामका लागि काठमाण्डौ, दोलखा ,रामेछाप , बुटवल, बिरगंज, नेपालगंज लगायत ठाउँमा गएका मजदुर लकडाउन लम्बिए संगै खाना र बस्नको समस्या भएपछि विभिन्न ठाउँबाट सहयोगलिदै सिमा सम्म पुग्नेगरेको ईलाका प्रमुख बोगटीले बताउनुभयो । उहाँले सिमामा पुगेका नागरिकलाई चाउचाउ पानी लगायत खानेकुरा दिएर समेत सहयोग गरेको बताउनुभयो ।