logo
२०८१ जेष्ठ ६ आईतवार



     हङकङबासीले बनाइदिए शौचालय   

विदेश |


     हङकङबासीले बनाइदिए शौचालय   
सांकेतिक तस्विर


    ताप्लेजुङ, भदौ १० गते ।   हङकङमा बसोबास गर्दै आएका यहाँका मानिसले सदरमुकाम फुङलिङमा सार्वजनिक शौचालय निर्माण गरिदिएका छन् । हङकङमा बसेर विभिन्न पेशा व्यावसाय गर्दै आएका उनीहरुले फुङलिङको तोक्मेडाँडास्थित हटियाबजार लाग्ने क्षेत्रमा शौचालय निर्माण गरिदिएका हुन् ।    
    
रु २८ लाखको लागतमा निर्माण गरिएको उक्त शौचालय फुङलिङ नगरपालिकालाई हस्तान्तरण गरिएको छ । ताप्लेजुङ समाज हङकङको अगुवाइमा शौचालय निर्माणका लागि बजेट सङ्कलन गरिएको थियो । फुङलिङमा सार्वजनिक शौचालय नहुँदा आन्तरिक तथा बाह्य पर्यटकका साथै सर्वसाधारणलाई समेत समस्या हुँदै आएको थियो । आफ्नो जन्मथलोको मुख्यबजारमा सार्वजनिक शौचालय नहुँदा देखिएको समस्यालाई मध्यनजर गर्दै शौचालय निर्माणमा आफूहरु जुटेको समाजका उपाध्यक्ष लोकेन्द्र आङवुहाङले बताउनुभयो ।    
    
शौचालयको उद्घाटन गर्दै नगरप्रमुख छत्रपति प्याकुरेलले समाजलाई धन्वयाद दिनुभयो । अब चाँडै कर्मचारी राखेर शौचालयको व्यवस्थापन गरिने उहाँको भनाइ छ । सार्वजानिक शौचालय नहुँदा यहाँ आउने पर्यटक एवं सर्वसाधारणले शौच गर्नुपरे होटल तथा नजिकैको जङ्गलतर्फ जानुपर्ने बाध्यता थियो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?