logo
२०८१ जेष्ठ ७ सोमवार



बोस्टनमा नेपाली फोटोग्राफरको फोटो प्रदर्शनी

विदेश |
कला |


बोस्टनमा नेपाली फोटोग्राफरको फोटो प्रदर्शनी


गोरखापत्र अनलाइन
बोस्टन मास्स्सच्युसेट, असोज १९ गते । अमेरिकामा बसोबास गर्दै आउनु भएका नेपाली फोटोग्राफर विमल नेपालको सात हप्ते फोटो प्रदर्शनी यहाँ हालै सुरुभएको छ ।
क्याम्ब्रिज टेलिभिजन र विमल फोटो स्टुडियोको संयुक्त आयोजनामा उक्त प्रदर्शनी दि क्यारेन अक्वा ग्यालरी, ४३८ म्यास्साच्युसेत्ट्स एभीन्यु, क्याम्ब्रिजमा आयोजना गरिएको छ ।
फोटोग्राफरले एक घण्टा भित्र सडकमा मानिसको गतिबिधि र रंगलाई कुसलता पूर्बक संयोजन गरेर खिचेका १३ वटा तस्बिरहरू प्रदर्सनीमा छन्।
’कलरफुल सेन्ट्रल स्क्वायर( वान आवर स्ट्रीट फोटोग्राफी’ नाम दिईएको सो प्रदर्सनीमा अरु पोट्रेट र फाइन आर्ट फोटाहरू पनि छन ्।
बिमल नेपालले हार्वर्ड युनिभर्सि्टिको चोकमा फोटो स्टुडियो चलाउदै आउनु भएको छ । उहाँ फोटो जर्ना्लिस्ट पनि हुनुहुन्छ र उहाँका फोटोहरु बोस्टनका स्थानीय प्रकाशनदेखि बिश्व प्रशिद्ध नेशनल जियोग्राफीमा पनि प्रकशित छन ्। नेपालमा आर्थिक पत्रकतिताबाट आफ्नो काम थाल्नु भएका बिमल नेपाल अमेरिकामा आएपछि भने फोटोग्राफी तिर लाग्नु भएको थियो , सन् २०१४ मा भारतका प्रधानमन्त्रि नरेन्द्र मोदीले उहाँकको दीपावलीका तस्बिर बिना अनुमति प्रयोग गरेपछि विमल नेपालले अन्तररास्ट्रीय चर्चा पाउनु भएको थियो फोटो प्रदर्शनी नोवेम्वर ११ सम्म चल्ने बताइएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?