logo
२०८० चैत्र १५ बिहीवार



भ्रमण वर्ष प्रवद्र्धन गर्न राजदूतहरुको सम्मेलन

विदेश |
पर्यटन |


भ्रमण वर्ष प्रवद्र्धन गर्न राजदूतहरुको सम्मेलन


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर २९ गते । नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्न ओमानको मस्कटमा राजदूतहरुको क्षेत्रीय सम्मेलन सुरु भएको छ । सम्मेलनमा मध्य पूर्वमा नेपाललाई प्रतिनिधित्व गर्नुहुने राजदूतहरुको सहभागिता रहेको छ ।
परराष्ट्र मन्त्रालयका सचिव शंकर दास वैरागिका अनुसार भ्रमण वर्ष २०२० को प्रवद्र्धनका लागि राजदूतहरुको सम्मेलन ओमानको मस्कटमा आइतबार सुरु भएको हो । पर्यटन सचिव कृष्णबहादुर अधिकारी र परराष्ट्र सचिव वैरागिले सम्मेलनमा राजदूतहरुसँग भ्रमण वर्षको तयारीबारे जानकारी गराउनुहुनेछ ।
सम्मेलनमा कतारका लागि नेपाली राजदूत नारद भारद्वाज, इजरायलका राजदूत अञ्जना शाक्यसहित करीब एकजर्दन राजदूतहरुको सहभागिता रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?