logo
२०८१ जेष्ठ ७ सोमवार



बाोस्टनमा ल्होसार मनाइयाे

विदेश |


बाोस्टनमा ल्होसार मनाइयाे


गोरखापत्र समाचारदाता

बोस्टन, अमेरिका । गुरुङहरुको महान् पर्व ल्होसार शनिबार यहाँ धुमधामसँग मनाइएको छ । प्रत्येक वर्ष यसै अवसर पारेर मनाइने ल्होसार बोस्टनमा मनाइएको यो १८ औँ पटक हो ।

बोस्टन तमु समाजले आयोजना गरेको ल्होसारमा स्थानीय कलाकारले गुरुङको मौलिक साँस्कृतिक र परम्परागत गीत र नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा यस भेगका करिब चारसय मानिसहरुको उपस्थिति थियो । 

बोस्टन तमु समाजका अध्यक्ष मीन गुरुङले स्वागत मन्तव्य व्यक्त गर्दै यो हाम्रो साँस्कृतिक पर्व हो, सकेसम्म सबैलाई समेट्ने प्रयास गरेका छौँ, भन्नुभयो ।

कार्यक्रम शुरु हुनु अघि भिक्षु डा. प्रज्ञालोक महाथेरोले हामी संस्कृति, परम्परा र भाषामा निकै धनी रहेको बताउँदै भाषा गतिशील भयो भने मात्र संस्कृति पनि सम्पदाका रुपमा रहिरहन्छ, भन्नुभयो । 

कार्यक्रममा कृष्ण चरित्र, मलाई चौबन्दी चोली, काली पनि देखेँ मैले, गैरी खेतमा, खै बिदो तो बिदो, ससुराली टेकेपछि, मारुनी नृत्यलगायतका बोलमा नृत्य प्रस्तुत गरिएको थियो । 

समाजकी उपाध्यक्ष कमला गुरुङको धन्यवाद ज्ञापन सँगै सम्पन्न कार्यक्रममा गुरुङ परिकार  खुवाइएको थियो । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?