logo
२०८१ मंसिर ८ शनिवार



भ्रमण वर्षको प्रचार गर्न कतारस्थित दूताबासमा हेल्प डेक्स

विदेश |
पर्यटन |


भ्रमण वर्षको प्रचार गर्न कतारस्थित दूताबासमा हेल्प डेक्स



गोरखापत्र अनलाइन
काठमाडौं, पुस १८ गते । भ्रमण वर्ष सफल बनाउन कतार स्थित नेपाली राजदूतावासले विशेष कार्यक्रम आयोजना गरेको छ । कतारी नागरिक र कतारमा रहेका विदेशी नागरिकलाई नेपालका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, परम्परागत, भौगोलिक महत्व बोकेका ठाउँका बारेमा जानकारी गराउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएका दूतावासले जनाएको छ ।
कार्यक्रममा नेपाल जाँदा पर्यटकका लागि हुने सहजता र नेपाल सरकारले पर्यटकका लागि दिने सुविधा र नेपालीले गर्ने अतिथि देवो भवको सार तत्वलाई विदेशी नागरिकसम्म पु¥याउन हेल्प डेक्स राखिएको कतार स्थित नेपाली राजदूत डा. नारद भारद्वाज वाग्लेले जानकारी दिनुभयो
उहाँले दूतावास र एनआरएन मिलेर हेल्प डेक्स राखिएको र कतारमा रहेका कतारी नागरिक, कतारमा रहेका अन्य विदेशी नागरिकलाई पनि नेपालबारे बुझाउन, चिनाउन र लोभ्याउन विभिन्न प्रचार सामग्री राखेर भ्रमण वर्ष २०२० को व्यापक प्रचार गरिरहेको जानकारी गराउनुभयो
उहाँले जनवरी ७ तारिकमा भव्य कार्यक्रम गरेर विदेशीलाई नेपाल भ्रमणको निमन्त्रणा गर्ने र नेपाल भ्रमण गर्दा विदेशी नागरिकलाई सहजताका निम्ति नेपाल सरकारले अवलम्बन गरेका काम कारबाहीबारे जानकारी गराउने पनि बतानउनुभयो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?