logo
२०८१ जेष्ठ ७ सोमवार



पश्चिम एशियामा विकसित घटनाक्रमप्रति नेपालको गम्भीर चासो

विदेश |
मुख्य समाचार |


पश्चिम एशियामा विकसित घटनाक्रमप्रति नेपालको गम्भीर चासो


गोरखापत्र अनलाइन
काठमाडौं, पुस २४ गते । परराष्ट्र मन्त्रलायले हालैका दिनमा पश्चिम एशियामा विकसित घटनाक्रमप्रति गम्भीर चासो व्यक्त गरेको छ ।
मन्त्रालयले विहीबार एक विज्ञप्ति जारी गरी सबै पक्षलाई तानव बढाउने तथा शान्ति र स्थायित्वलाई खतरा पर्न सक्ने कुनै पनि कर्य र गतिविधिमा संयमता अपनाउन आग्रह गरिएको छ ।
विज्ञप्ति मा सो क्षेत्रमा धेरै संख्यामा नेपाली आप्रवासी कामदारहरू रहेको उल्लेख गर्दै त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र हित प्रमुख चासोको विषय भएको उल्लेख गरेको छ ।
साथै विज्ञप्तिमा नेपालको सबै खाले द्वन्द्वको समाधान शान्ति पूर्ण रुपमा हुनु पर्ने मान्यता रहँदै आएको दोहो¥याएको छ ।

यसैबीच पराराष्ट्रमन्त्रालयले अर्को एक विज्ञप्ति जारी गरी पश्चिम एसियामा विकसित पछिल्लो घटनाक्रम, विद्यमान सुरक्षा स्थिति तथा त्यस क्षेत्रमा कार्यरत नेपाली नागरिकहरूको अवस्था लगायतका विषयहरूमा नेपाल सरकारका सम्बन्धित निकायहरूबीच नियमित रूपमा हुँदै आएको जनाएको छ ।
सथै विचारविमर्शकै क्रममा बिहीबार परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा परराष्ट्र मन्त्रालयमा विभिन्न सरोकारवाला निकायको प्रतिनिधित्व रहेको एक बैठक सम्पन्न भयो । उक्त बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस परराष्ट्र मन्त्रालयस श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयस रक्षा मन्त्रालयस संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयस अर्थ मन्त्रालयस गृह मन्त्रालयस नेपाली सेनास वैदेशिक रोजगार विभाग र अध्यागमन विभागका उच्च प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
बैठकले पश्चिम एसियामा विकसित घटनाक्रमलाई नजिकबाट नियाल्ने र परिस्थिति अनुरूप आवश्यकतानुसार समन्वित ढङ्गबाट त्यस क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षाका लागि तयारी समेत गर्नको लागि परराष्ट्र मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुखको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस गृह मन्त्रालयस रक्षा मन्त्रालयस अर्थ मन्त्रालयस श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयस संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयस सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाली सेनाका प्रतिनिधि समेत रहेको एक अन्तर्निकाय समन्वय समिति गठन गर्ने निष्कर्ष निकालेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?