देव गुरुङ
रोम (इटली) फागुन ३० गते । म अहिले इटालीको रोम सहरमा छु । यहाँ सरकारले मास्क लगाउने अनिवार्य नगरे पनि संक्रमितले भने अनिवार्य मास्क लगाउनु पर्छ ।
प्रयोग भएको मास्क जताभावी फ्याँक्न पाँइदैन र निश्चित स्थानमा मात्र राख्नु पर्ने हुन्छ । सामूहिक रुपमा तथा संगठन बनाएर हिड्न वा बस्न पूरै प्रतिबन्ध लगाइएको छ भने समूहमा बसेमा प्रहरीले सिधै कारवाही गर्छ ।
यहाँका स्कूल, कलेज सबै अप्रिल ३ सम्मका लागि बन्द गरिएको छ । संक्रमण कम नभए थप समय बन्द गर्ने मैले सुनेको छु । विद्यार्थीहरूलाई अनलाईन सिष्टमबाट होम वर्क गर्ने व्यवस्था गरिएको छ मेरा छोराले पनि यसै अनुरुप पढ्ने गरेकाे छ । इटालीमा रहेका नेपाली संघ सस्थाहरूबीच कोरोनाको संक्रमणबाट कसरी बच्ने भन्ने बिषयमा छलफल भईरहेको छ ।
अहिले इटलीमा १५ सयदेखि दुई हजार नेपाली रहेको अनुमान छ । यहाँका उद्योग कलकारखाना बन्द छन् र पर्यटन आवत जावत रोकिए सँगै पर्यटक देख्न पाइँदैन् ।
जो विरामी भएको खण्डमा आफनो व्यक्रिगत डक्टरलाई फोन गरेर घरमै बोलाएर उपचार गर्नुपर्ने हुन्छ । इटलीमा एअरपोर्टमा आवत आवत पूरै बन्द गरिएको छ । यहाँ सेनजेन देशबाट पनि आवतजावत रोक्ने तयारी गरेको मैंले जानकारी पाएको छु । आजको दिनसम्म हामी नेपाली सुरुक्षित अवस्थामा छांै ।
याहाँ रहेको नेपाल दूताबास र कन्सुलर कार्यालय सँग छलफल भईरहेको छ । दुई तीन दिन अगाडि नेपाल जान चहाने नेपाली घर गए पनि अहिले नेपाल जाने इच्छा भए पनि जानको लागि रोक लगाएको अवस्था छ ।
कोरोनाको संक्रमण बढेसँगै इटली सरकारले विशेष निगरानी उच्चसतर्कता अपनाएको छ । इटलीमा रहेका शैक्षिक संस्था, सुपरमार्केट पसल, उद्योग कलकारखाना सवै जसो बन्द गरिएको छ । जसका कारण यस क्षेत्रमा सुनसान र उराठ लाग्दो भएको छ ।
घर वाहिर निस्कन अति नै आवश्यक परेमा सेल्फ सर्टिफिकेसन (अाफ्नाे स्वास्थय अबस्था उल्लेख गरेकाे एक प्रकारकाे फारम) देखाएर मात्र निस्कन दिईएको छ । बाहिर निस्कदा गलत कारण देखाएको वा अति जरुरी नभइ बाहिर गएको पाईएमा दुई महिना जेल सजायसम्म हुने प्रहरीले भनेको छ ।
यही १० मार्च बाट २५ मार्चसम्म वाहिर निस्कन नपाउने सरकारले उर्दी जारी गरेको छ । कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएका छ ।
यहाँको सरकारले कुनै पसल वा कुनै ठाउँमा सामान किन्न् जाँदा कम्तिमा एक मिटरको ग्यापमा लाईनमा बस्नु पर्ने हुन्छ भने हात मिलाउन अंकमाल गर्न प्रतिवन्ध लगाईएको छ ।
(गैर आबासीय नेपाली संघ इटालीका अध्यक्ष गुरुङ सँग गोरखापत्र अनलाइनका लागि मुकुन्द गैरेले गरेको कुराकानीमा आधारित )
नाेट ः यस अघि समाचारकाे शीर्षकमा सेल्फ सर्टिफिकेसन हुनु पर्नेमा अन्यथा भएकाले क्षमा याचना सहित सँच्याइएका छाैै ः सम्पादक