logo
२०८१ मंसिर ८ शनिवार



गैरओमानीलाई ओमान प्रवेशमा तत्कालका लागि रोक

विदेश |
अर्थ |


गैरओमानीलाई ओमान प्रवेशमा तत्कालका लागि रोक


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्र ३ गते । ओमान सरकारले गैरओमानी नागरिकलाई ओमान प्रवेशमा तत्कालका लागि रोक लगाउने भएको छ ।

ओमानमा रहेको नेपाली राजदूतावासले सोमबार एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो । १७ मार्च २०२० देखि लागू हुने गरी ओमान सरकारले निर्णय गरेको सूचनामा उल्लेख छ ।

साथै, जुनसुकै मार्गबाट ओमान प्रवेश गर्ने व्यक्तिले अनिवार्य क्वारेन्टाइनमा वस्नु त्यहाँको सरकारले निर्णय गरेको छ ।

दूतावासको सूचनामा अनुसार सार्वजनिक वगैंचा तथा पार्क बन्द गर्ने, सामाजिक जमघट तथा पार्टी भोजमा प्रतिवन्ध लगाउने ओमान सरकारले निर्णय गरेको छ ।

यस अवधिमा नेपाली दूतावासले प्रदान गर्ने कन्सुलर तथा अन्य अत्यावश्यक सेवा लिनु परेमा दूतावासमा (पूर्व सम्पर्क) विशेष हटलाइन सम्पर्क गर्न दूतावासले अनुरोध समेत गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?