logo
२०८१ मंसिर ८ शनिवार

  कोरोनाबाट बच्न पोर्चुगलमा नेपालीको प्रयास 



ठाउँ ठाउँमा समिति, एम्बुलेन्स समेत तयारी अबस्थामा

विदेश |
मुख्य समाचार |


ठाउँ ठाउँमा समिति, एम्बुलेन्स समेत तयारी अबस्थामा


मुकुन्द गैरे
काठमाडौं, चैत्र ३ गते । यूरोपमा कोरोना भाइरस (कोभिड–१९)संक्रमण बढ्दै गएको समाचार बाहिरिए सँगै त्यहाँ रहेका नेपालीको अवस्था कस्तो छ भन्ने विषयमा सवैको चासो बढ्न थालेको छ ।
तुलनात्मक रुपमा धेरै नेपाली रहेको पोर्चुगलमा कोरोनाका कारण अहिले नै आत्तिहाल्ने अवस्था नरहेको गैर आवासीय नेपाली संघ पोर्चुगलले जनाएकोे छ ।
गैर आवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष तिलक गैरेले यहाँको सरकार कोरोना संक्रमण नियन्त्रण गर्न गम्भिरतापूर्वक लागेकोले आत्तिहाल्ने अवस्था नभए पनि सजक हुन आवश्यक रहेको जानकारी दिनुभयो ।
संघले कोरोना संक्रमण फैलन नदिन पोर्चुगलको विभिन्न ठाउँमा समिति नै गठन गरेर काम गरिरहेको बताउनुभयो । आफूहरूले कुनै नेपाली विरामी भए अस्पताल लैजानको लागि एम्बुलेन्स र स्वास्थ्यकर्मी पठाउने सम्मको व्यावस्था गरेको अध्यक्ष गैरेले जानकारी दिनुभयो ।
उहाँको पोर्चुगल सरकारले आफ्ना नागरिक र बाहिरी नागरिक सवैलाई एउटै व्यवहार गर्ने भएकोले संक्रमणको आशंका भएका नेपालीहरुलाई त्यसै अनुरुप उपचार भईरहेको जानकारी दिनुभयो ।
पछिल्लो जानकारी अनुसार पोर्चुगलमा एक संक्रमित नेपालीसंँगै ७४ नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना संक्रमित कृषि मजदुर नेपाली नागरिक भएको पुष्टि भए तापनि नाम र उमेरबारे केही खुलाइएको छैन ।
संघले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र जानै परे सुरक्षित तरिकाले निस्कन सजक गराईरहेको अध्यक्ष गैरे बताउनुहुन्छ ।
पोर्चुगलमा कोरोना फैल्न नदिन सरकारी शैक्षिक संस्था सरकारले बन्द गरेको जानकारी दिर्दै उहाँले धेरै जसो होटल उद्योग कलकारखाना बन्द भएको समेत जानकारी दिनुभयो ।
मानिसको लागि आवश्यक पर्ने औषधि पसलदेखि सुपर मार्केट खुला रहेको उहाँले जानकारी दिनुभयो । पोर्चुगलमा अति आवश्यक पर्ने सामानहरुको कुनै अभाव समेत नभएको गैरेले स्पष्ट पार्नुभयो ।
पोर्चुगलमा ३५ हजार भन्दा बढी नेपाली रहेको बताईन्छ । करिव ४० प्रतिशत नेपाली कृषि क्षेत्रका कार्यरत रहेको अनुमान छ । यसै गरि धेरै नेपाली आफनो पेसा व्यवसाय गरेर पनि बस्ने गरेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?