मुकुन्द गैरे
काठमाडौं, बैशाख १५ गते । कोरोना अर्थात ( कोभिड १९) बाट विदेशमा रहेका ५० जना नेपालीले ज्यान गुमाएका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले गए राती आफनो फेसबुक लाइभ मार्फत विदेशमा कार्यरत नेपालीको कोरोनासंक्रमण बारे तथ्याङक सार्वजनिक गरेको छ ।
एनआरएनएको फेसबुक लाइभ कार्यक्रममा बोल्दै एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा.संजिव सापकोटाले विदेशमा रहेका नेपाली मध्ये हाल सम्म २ हजार नेपाली कोरोना संक्रमित भएकोमा ५० जनाले ज्यान गुमाएको बताउनुभयो ।
अमेरिकामा मात्रै कम्तीमा एक हजार नेपाली संक्रमित भएकोमा १० जना नेपालीले ज्यान गुमाएको संयोजक सापकोटाले जानकारी दिनुभयो ।
आफूहरुले नेपाली कुटनीतिक निकाय राजदूतावास, विभिन्न संघसंस्था संग जानकारी लिएर तथ्याङक संकलन गरेको उहाँले बताउनुभयो ।
स्वास्थ्य समितिको संयोजक समेत रहनु भएका डा. सापकोटाले यो सार्वजनिक तथ्याङक आधिकारिक भएको समेत स्पष्ट पार्नुभयो ।
यो तथ्याङक चार हप्ता लगाएर संकलन गरेको एनआरएनएले बताएको छ ।
कोरोना संक्रमण बच्नको लागि एनआरएनएको स्वास्थ्य समितिले साउथ कोरिया, जापान, बेलायत, अष्ट्रेलिया लगायत बिभिन्न देशमा भिडियो लाइभ कार्यक्रम संक्रमणको सुरुवात ेखि गर्दै आएको समेत डा. सापकोटाले बताउनुभयो ।
यसको साथै एनआरएनएका शाखा कार्यालयहरुले पनि नियमित भिडियो लाइभ कार्यक्रम गर्दै आएको उहाँको भनाइ छ ।
साथै उहाँले कोरोना संक्रमण लाग्दैमा आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताउर्दै धेरै सम्भावना निको हुने जानकारी दिनुभयो । कोरोनाको संक्रमणको शंका लागेमा रोग नलुकाउन आग्रह गर्दै उहाँले चाँडो स्वास्थ्य परामर्श र स्वास्थ्य परीक्षण गराएमा निको हुने देखिएको डा. सापकोटाले जानकारी दिनुभयो ।
विदेशमा रहेका नेपालीलाई उहाँले कोरोनाको लक्षण देखा परेमा आफनो नाम गोप्य राख्न चाहेमा हटलाइनमा फोन गर्न सकिने बताउनुभयो ।
विश्वमा कोरोनाको संक्रमण कहिले सकिन्छ भन्नेमा मानिसको हातका रहेको बताउँदै संक्रणबाट जोगिन अझै सतर्कता अपनाउन जरुरी रहेको संयोजक सापकोटाले बताउनुभयो ।