logo
२०८१ मंसिर ९ आईतवार



म्यानमारबाट ल्याइयो २६ नेपाली, ४३ जना लिएर फर्कँदै जहाज (फाेटाे फिचरसहित)

विदेश |
पढ्नै पर्ने |
राष्ट्रिय |


म्यानमारबाट ल्याइयो २६ नेपाली, ४३  जना लिएर फर्कँदै जहाज (फाेटाे फिचरसहित)
तस्बिर ः विकाश द्वारे



चाँदनी हमाल
काठमाडौँ, जेठ २३ गते । म्यानमारबाट २६ जना नेपाली नागरिक आज नेपाल फर्केका छन् । तेस्रो मुलुकबाट नेपाली नागरिक स्वदेश फर्काउने अभियान अनुसार पहिलो लटमा म्यानमारका नेपाली स्वदेश फिरेका हुन् ।
म्यानमारबाट ८.३८ बजे उडेको जहाजमा ११ बजे उहाँहरू काठमाडौँमा उत्रनुभएको त्रिभुवन अन्तरािष्ट्रय विभानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णले बताउनुभयो । एमएएच ००३ नम्बरको फ्लाइटको फोकर ७० नामको म्यानमारको सैनिक एयरफोर्स जहाजमार्फत उहाँहरू स्वदेश फिर्नुभएको हो ।
त्यस जहाजले नेपालबाट ४३ जनालाई लिएर फर्कँदैछ । जसमा ४१ जना बर्मेली नागरिक रहेका छन् भने २ जना नेपाली नागरिक रहेको प्रवक्ता कर्णले बताउनुभयो । नेपाल फिरेकालाई नेपाली सेनाको टोलीले होल्डिङ सेन्टरमा लैजानेछ । त्यहाँबाट कुन प्रदेशका हुन् विमानस्थलमै छनौट गरेर सेन्टर पुर्याइनेछ । त्यसपश्चात् काठमाडौँको होटलमा क्वारेन्टाइनमा बस्ने वा गृहक्षेत्र फर्कने तय भएपछि त्यही अनुसार व्यवस्थापन गरिने सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताउनुभयो ।
म्यानमारबाट आएका नेपालीलाई यति पार्टी प्यालेस बसुन्धराको होल्डिङ सेन्टरमा राखिने सेनाले जनाएको छ । विदेशबाट आएका नेपालीको सुरुवाती व्यवस्थापन नेपाली सेनाले गर्ने जिम्मा पाएको छ ।

तस्बिरःविकास द्वारे

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?