logo
२०८१ मंसिर १२ बुधवार



कुवेतबाट १५० नेपाली राजधानी आइपुगे, सबै महिला यात्रु

विदेश |
मुख्य समाचार |


कुवेतबाट १५० नेपाली राजधानी आइपुगे, सबै महिला यात्रु
तस्बिरः सागर बस्नेत


चाँदनी हमाल
काठमाडौँ, जेठ २९ गते । विभिन्न मुलुकबाट नेपाली नागरिक फर्कने क्रममा आज कुवेतबाट पहिलो फ्लाइटमा जना १५० जना नेपाली नागरिक स्वदेश फर्किएका छन् ।
कुवेतको जजिरा एयरलायन्सको पहिलो जहाजमा नेपाली नागरिक आएका हुन् । अहिले आएका सबै जना महिला रहेका छन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले दिनुभएको जानकारी अनुसार पहिलो फ्लाइट बिहान साढे ११ बजे अवतरण भएको हो ।
भर्खर फर्केकालाई नेपाली सेनाको टोलीले राजधानीस्थित विभिन्न होल्डिङ सेन्टरमा लगिँदैछन् । जहाँ उहाँहरूको व्यक्तिगत विवरण सङ्कलन गरेपछि उहाँहरूको चाहना अनुसार होम, होटल र सरकारी क्वारेन्टाइनमा पठाइने जनाइएको छ ।
त्यस्तै पहिलो जहाज फर्केलगत्तै दोस्रो जहाज दिउँसो साढे १ बजे नेपाल आइपुग्ने तय भएको छ । जसमार्फत पनि १४९ जना महिला कुवेतबाट स्वदेश फर्कँदैछन् ।
कुवेतबाट फर्कन चाहेका सात हजार ९९१ मध्ये दुई हजार ९९१ जनाले फर्कने अनुमति प्राप्त गरेका छन् । जस अनुसार पहिलो चरणमा तीन सय जना नेपाली बिहीबार फर्कने तय भएको हो ।
बुधबार उनीहरू आउने भनिए पनि कुवेत र नेपालको समय तालिका नमिलेकाले रद्द भएको थियो । दुवैतर्फको सहमतिमा आज दुवै जहाज अवतरण हुने तय भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?