logo
२०८१ मंसिर ९ आईतवार



विश्व शरणार्थी दिवसमा नेपालमा रोहिङ्ग्या जीवन (फाेटाे फिचर)

विदेश |
फिचर |


विश्व शरणार्थी दिवसमा नेपालमा रोहिङ्ग्या जीवन (फाेटाे फिचर)



गोरखापत्र अनलाइन
काठमाडौँ, असार ६ गते । आज जुन २० तारिख, विश्व शरणार्थी दिवस । विश्वभर शरणार्थीहरू पक्षमा विभिन्न प्रकारका कार्यक्रमहरू भएका छन् ।
संयुक्त राष्ट्र सङ्घका अनुसार विश्वमा हरेक एक मिनेटमा २० जना विभिन्न कारणले शरणार्थी हुने गरेका छन् ।

सन् २०१७ मा दुई करोड ४० लाख रहेको शरणार्थीहरू बढेर सन् २०१८ मा दुई करोड ५९ लाख पुगेको विश्व बैङ्कको तथ्याङ्कमा रहेको छ ।
म्यान्मा, अफगानिस्तान, सिरिया, सुडान, दक्षिणी सुडान र सोमालियामा अत्यधिक मात्रामा त्यहाँका नागरिकहरू विस्थापित हुँदै अन्य मुलुकमा शरणार्थी जीवन बाँच्न बाध्य हुने गरेका छन् ।

यसैबीच, नेपालमा पनि म्यान्मा (बर्मा)लगायतका देशबाट शरणार्थीहरू आएर बसोबास गरिरहेका छन् । काठमाडौँको कपनमा करिब ३५० जना राेहिङ्ग्या शरणार्थीहरू बसोबास गर्ने गरेका छन् ।

केही वर्षअघि म्यान्मा भएको जातीय हिंसाका कारण अल्पसङ्ख्यक मुस्लिम राेहिङ्ग्या जाति म्यान्माबाट विस्थापित हुँदै नेपालमा शरणार्थी जीवन बाँचिरहेका छन् । यसअघि नेपालमा भुटानी र तिब्बती शरणार्थीहरू रहेका थिए ।

फाेटाे–सुजन गुरुङ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?