चाँदनी हमाल
काठमाडौँ, असार ९ गते । विदेशमा अलपत्र परेका नेपाली नागरिक स्वदेश फिर्ता हुने क्रममा मङ्गलबार दिनभरमा ५२५ जना नेपाल आउनुभएको छ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन समितिका अनुसार कुवेतबाट १६० जना, कतारबाट १४४ जना, थाइल्याण्डबाट ७८ जना र मालदिभ्सबाट १४३ जना स्वदेश फर्कनुभएको हो ।
यसरी नेपाल फर्कनेमा प्रदेश १ का ६७ जना, प्रदेश २ का ९१ जना, बाग्मती प्रदेशका १३० जना, गण्डकी प्रदेशका ४५ जना, प्रदेश ५ का ४९ जना, कर्णाली प्रदेशका चार जना र सुदूरपश्चिम प्रदेशका दुई जना रहनुभएको छ ।
मङ्गलबार नै अष्ट्रेलियाबाट २५८ जना नेपाली नागरिक फर्कने तयारी रहेको छ । नेपाल एयरलायन्सबाट राति १२ बजे नेपाल उत्रने जनाइएको छ ।
नेपाल फर्कनुभएको नेपाल नागरिकलाई उपत्यकास्थित विभिन्न होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य परीक्षण र थप विवरण सङ्कलन गर्ने कार्य जारी रहेको जनाइएको छ ।