logo
२०८१ मंसिर ९ आईतवार



अभद्र पोष्ट तुरुन्त हटाउन दूतावासको अनुरोध

विदेश |


अभद्र पोष्ट तुरुन्त हटाउन दूतावासको अनुरोध



गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक १८ गते । साउदीस्थित नेपाली राजदूतावासले हिजो प्रकाशित राहदानी नवीकरण सम्बन्धी सार्वजनिक सूचनामा एक व्यक्तिले महिला कामदारलाई अपमान गर्ने प्रकारको अभद्र प्रकारको पोष्ट गरेको पाइएको भन्दै उक्त पोष्ट तुरुन्त हटाउन सचेत गराएको छ ।
राजदूतावासद्वारा प्रकाशित सार्वजनिक सूचनामा जथाभावी अभद्र टिप्पणीहरु पोष्ट नगर्न समेत जनहितको लागि अनुरोध जारी गरेको छ ।
साथै, साउदी अरबमा फेसबुकलगायत अन्य सामाजिक संजालको प्रयोगका माध्यमबाट पोष्ट वा लाईभ पोष्ट गर्दा वा कसैलाई सूचना पठाउँदा वा कुनै पनि विषयमा टिप्पणी गर्दा स्थानीय साइबर तथा अन्य कानूनको पूर्ण पालना गर्नुहुन समेत अनुरोध गरिएको छ ।
स्थानीय कानूनविरूद्द हुनेगरी कार्य गरेका कारण केही नेपालीले गम्भीर सजाँय भोगिरहेको जानकारी गराउँदै आफ्नो जिम्मेवारीप्रति सचेत भएर आ–आफ्नो काम गर्नुहुन दूतावासले सबै नेपालीलाई अनुरोध गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?