logo
२०८१ मंसिर ८ शनिवार



चीनले नेपाललाई दियाे ३० हजार लिटर लिक्विड अक्सिजन, अक्सिजन सहितका ८ सय सिलिन्डर

विदेश |
पढ्नै पर्ने |


चीनले नेपाललाई दियाे ३० हजार लिटर लिक्विड अक्सिजन, अक्सिजन सहितका ८ सय सिलिन्डर


गाेरखापत्र अनलाइन
काठमाडौं, जेठ ६ गते । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारबाट नेपालका लागि स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । बिहीबार बिहान ल्हासामा एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य सामग्री नेपाली प्रतिनिधिलाई हस्तान्तरण गरेको नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्छीले ट्वीटर मार्फत जानकारी दिनुभएको छ ।

सहयोग समाग्रीहरुमा ३० हजार लिटर लिक्विड अक्सिजन, अक्सिजनसहितको ८ सय सिलिन्डर , १० वटा अक्सिजन कन्सन्ट्रेटर , ५ वटा भेन्टिलेटर, २ सय वटा आइसियु वेड, र १५ हजार एन्टिजेन किट रहेको राजदूत याङ्छीले उल्लेख गर्नुभएको छ । यसैबीच आजै दिउँसो स्पेन सरकारले नेपाललाई सहयोग गरेको १४ करोड मूल्यबरावरको स्वास्थ्य सामग्री आइपुग्ने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?