logo
२०८१ असोज ५ शनिवार



यूएई सरकारले पठायो नेपाललाई १५० भेन्टिलेटर सहित १२ टन स्वास्थ्य सामग्री

विदेश |
फिचर |


यूएई सरकारले पठायो नेपाललाई १५० भेन्टिलेटर सहित १२ टन स्वास्थ्य सामग्री


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ १९ गते । यूएई सरकारले नेपालका लागि १५० भेन्टिलेटर, ट्रली, मास्कसहित करिब १२ टन स्वास्थ्य सामग्री तथा उपकरणहरू विशेष विमानमार्फत नेपाल पठाएको छ । उक्त कुराको जानकारी यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो ।

कोभिड–१९ बाट सङ्क्रमित नेपालीहरूको सहयोगका लागि यूएई सरकारले स्वास्थ्य सामग्री आज पठाएको हो । गतवर्ष अप्रिलमा पनि यूएईले नेपाललाई यस्तै सहयोग उपलब्ध गराएको थियो । यूएईमा रहेको नेपाली राजदूतावासको कूटनीतिक पहलमा यूएई सरकारले नेपाललाई उक्त स्वास्थ्य सामग्री पठाएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?