logo
२०८१ असोज ५ शनिवार



वैदेशिक रोजगार विभागको ताहाचल कार्यालय खुल्ने

विदेश |
फिचर |


वैदेशिक रोजगार विभागको ताहाचल कार्यालय खुल्ने
फाइल तस्बिर


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २१ गते । वैदेशिक रोजगार विभाग अन्तर्गतको ताहाचलमा रहको कार्यालय कोरोनाको कारण बन्द रहेकोमा अवदेखि खुला रहने भएको छ । वैदेशिक रोजगार ताहाचल कार्यालयले आज एक सूचना जारी गरी उक्त कुराको जानकारी गराएको हो ।

यही वैशाख २४ गते बन्द गरिएको कार्यालय जेठ २६ गतेदेखि हरेक बुधबार खुला गर्ने जारी गरेको सूचनामा उल्लेख छ । यसैगरी उक्त दिन पुनः श्रम स्वीकृतिको हकमा यस अघि बायोमेट्रिक नभएका व्यक्तिहरुको मात्र काम सुचारु हुने समेत काठमाडौं कार्यालयले बताएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?