logo
२०८१ बैशाख १६ आईतवार



युक्रेनमा १९३ नेपाली सुरक्षित, स्लोभाकिया, पोल्याण्ड र हंगेरी हुँदै नेपाल फर्किन आग्रह

विदेश |


युक्रेनमा १९३ नेपाली सुरक्षित,  स्लोभाकिया, पोल्याण्ड र हंगेरी हुँदै नेपाल फर्किन आग्रह
फाइल फाेटाे



काठमाडौं, फागुन १४ गते । नेपाली राजदूतावास बर्लिनले युक्रेनमा रहेका १९३ नेपाली नागरिक सुरक्षित रहेको जनाएको छ । शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै दूतावासले युक्रेनमा उत्पन्न पछिल्लो संकटपछि त्यस मुलुकका विभिन्न शहरमा रहेका नेपाली दूतावसको निरन्तर सम्पर्क गरिरहेकाे र १९३ नेपाली सम्पर्कमा रहेको बताएको छ ।

दूतावसले युक्रेनसँग सीमा जोडिएका छिमेकी मुलुकहरु गणतन्त्र स्लोभाकिया, पोल्याण्ड र हंगेरीले युक्रेनबाट निस्कन चाहने विदेशी नागरिकहरुलाई मानवीयताका आधारमा आफ्नो मुलुकमा प्रवेशका लागि नाका खुला रहेको पनि दूुतावासले जनाएको छ ।

सुरक्षित तवरले ती नाका हुँदै नेपाल फर्किन सबै नेपालीहरुलाई दूतावासले अनुरोध गरेको छ । साथै नाका प्रवेश गर्ने क्रममा आफ्नो परिचयपत्र खुल्ने कागजात राहदानी वा यात्रा अनुमतिपत्र सम्बन्धमा कुनै समस्या भएमा वा तत्काल यात्रा अनुमतिपत्र आवश्यक पर्ने भएमा आफ्नो नेपाली राहदानीको फोटोकपी–१ र डिजिटल फोटो–१ नेपाली राजदूतावास, बर्लिनमा उपलब्ध गराउन तथा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।

त्यस्तै, सीमा नाकाबाट प्रवेश गरिसके पश्चात कुनै समस्या गैर आवासीय नेपाली संघ वा नेपाली सदूदायका नेतृत्वकर्ता वा अगुजाहरुलाई सम्पर्क गर्न सकिने पनि दूतावासले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?