logo
२०८१ बैशाख १६ आईतवार

  दृश्य समाचार  



रुस-युक्रेन युद्ध फैलने खतरा छैन, नेपालमा सामान्य असर

विदेश |
अन्तर्राष्ट्रिय |
राष्ट्रिय |


रुस-युक्रेन युद्ध फैलने खतरा छैन, नेपालमा सामान्य असर


विष्णु पाण्डे, दृश्यमा मनोजरत्न शाही
काठमाडौं,फागुन १५ गते । रुस र युक्रेनबीचमा भएको सैन्य आक्रमण लामो समयसम्म जान नहुने भारतका लागि नेपालका पूर्व राजदूत एवम् विश्लेषक निलाम्बर आचार्यले बताउनुभएको छ । सार्वभौमसत्ता सम्पन्न देशमाथि रुसले आक्रमण गर्नु राम्रो कुरा नहुने उहाँको भनाइ छ । अन्तर्राष्ट्रिय नियम र मान्यताको रुसले पालना गर्नुपर्ने आचार्य बताउनुहुन्छ ।


लामो समय रुसमा रहेर उच्च शिक्षा हासिल गर्नुभएका आचार्यले रुस र युक्रेनबीचमा भइरहेको युद्धका कारण दुई देशको अर्थतन्त्रका साथै अन्य देशमा पनि असर पर्न सक्ने उहाँको भनाइ छ । रुसले युक्रेनको राजनीति आफ्नो हातमा लिएपछि मात्र युद्ध विराम गर्न खोजेजस्तो देखिएको आचार्य बताउनुहुन्छ । तर, युक्रेन आफू स्वायत्त भएकाले रुसको शरण स्वीकार्न नहुने आचार्य बताउनुहुन्छ ।
युक्रनेमा नेपालको राजदूतावास नभएका कारणले नेपालीलाई स्वदेश झिकाउन समस्या हुने भए पनि तत्काल युक्रेनमा रहेका नेपालीलाई स्वदेश झिकाउन पहल गर्नुपर्ने आचार्यले बताउनुभएको छ । रुस र युक्रेनबीचको सैन्य आक्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य वृद्धि हुन सक्ने उहाँले बताउनुभएको छ । जसको असर नेपालमा पनि पर्न सक्ने आचार्यको भनाइ छ । तर, यो आक्रमणले नेपालमा ठूलो असर भने नपर्ने आचार्यको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?