logo
२०८१ बैशाख १९ बुधवार



युक्रेनबाट ५३३ नेपाली सुरक्षित रूपमा बाहिरिए : परराष्ट्रमन्त्री खड्का

विदेश |
राष्ट्रिय |


युक्रेनबाट ५३३ नेपाली सुरक्षित रूपमा बाहिरिए : परराष्ट्रमन्त्री खड्का


काठमाडौं, फागुन २३ गते । परराष्ट्रमन्त्री नारायण खड्काले युक्रेनबाट ५३३ नेपाली छिमेकी मुलुकमा पुगिसकेको जानकारी दिनुभयो । सोमबार मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा मन्त्री खड्काले युक्रेनबाट ५३३ नेपाली सुरक्षित रुपमा बाहिरिएको बताउनुभएको हो । उहाँका अनुसार उद्धार गरिएकाहरुमध्ये ४२७ जना पोल्याण्ड र बाँकी अन्य देशमा सुरक्षित छन् ।
प्रेस ब्रिफिङमा भारत सरकारको उद्धार टोलीलाई नेपाली नागरिकलाई पनि उद्धार गर्न आग्रह गरेको जानकारी दिनुहुँदै उहाँले सोही अनुसार सहयोग भएकोमा भारत सरकारलाई धन्यवाद दिनुभएको भयो ।
त्यस्तै, उहाँले राष्ट्रसङ्घको ११ औँ आपतकालीन बैठकमा नेपाल युक्रेनको पक्षमा मतदान गरेको पनि जानकारी दिनुभयो । मन्त्री खड्काका अनुसार असंलग्न परराष्ट्र नीति अनुसार नै युक्रेनको पक्षमा नेपाल उभिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?