‘म्याच फिक्सिङ’ प्रकरणमा सङ्गाकारा, जयवर्द्धनेसहित चार खेलाडीलाई उपस्थित हुन आदेश
गोरखापत्र अनलाइन ,
असार १८, २०७७ बिहीबार
श्रीलङ्काको खेलकुद मन्त्रालयले विश्वकप क्रिकेट २०११ मा ‘म्याच फिक्सिङ’ प्रकरणमा कुमार सङ्गाकारा, माहेला जयवर्द्धने, अरविन्द डी सिल्भा र उपुल थरङ्गालाई छानबिन समितिसमक्ष उपस्थित हुन निर्देशन दिएको छ । श्रीलङ्काका तात्कालीन खेलकुदमन्त्री महिन्दानन्द अलुथगमागेले २०११ को विश्वकप क्रिकेटमा श्रीलङ्काली क्रिकेट टोलीले म्याच फिक्सिङ्ग गरेको आरोप लगाएपछि विशेष अनुसन्धान समिति गठन गरिएको हो ।