बडी बिल्डिङमा स्वर्ण विजेता मलिका
गोरखापत्र अनलाइन ,
भाद्र २, २०७६ सोमबार
हामीकहाँ पुरुषको तुलनामा महिलाहरू हरेक क्षेत्रमा पछाडि परेका छन् भन्ने गुनासो आइरहेकै अवस्थामा खेलकुद क्षेत्र पनि यस्तै देखिँदै आएको छ । सामाजिक र पारिवारिक कारणले पनि महिला खेलाडीको कमी भएको अनुभव हुन्छ । खेलकुदका क्षेत्रका महिलाको सहभागिता क्रमशः हुँदै आएको भए पनि ‘बडी बिल्डिङ’ का क्षेत्रमा त शून्यताजस्तै थियो ।