गोरखापत्र समाचारदाता
काठमाडौं, असोज ९ गते । इन्टरनेशल इन्स्टिच्युट अफ फेसन एन्ड टेक्नोलोजीले ८० जनाभन्दा बढी प्रशिक्षार्थी फेसन डिजाईनरलाई फेसन प्रतियोगितामा उतार्ने भएको छ । ८० जना फेसन डिजाइनरले आफैले तयार पारेका फेसनमा र्याम्पमा उत्रने छन् ।
काठमाडौंको बागबजार र ललितपुरको कुमारी पार्टीमा रहेको इन्स्टिच्युटले दोश्रो संस्करणको पमा ‘इन्टरनेशल ड्रेस टु इम्प्रेसन–२’ फेसन डिजाईन प्रतियोगिता शनिबार आयोजना गर्दैछ । सो सम्बन्धी जानकारी बिहीबार आयोजित पत्रकार सम्मेलनमा दिइएको हो । पाँच वर्षयता फेसन पढिरहेका विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाउने आयोजकले जनाएको छ ।
डिजाईनरहरुले फेशन डिजाईनको प्रारम्भिक प्रस्तुति बुधबार सम्पन्न गरेका छन् । सो प्रारम्भिक प्रस्तुतिमा डिजाईनहरुले आफ्नो डिजाईन र ड्रेसको रँग, डिजाईन, प्रभाव र महत्वबारे चर्चा गरेका थिए । आफुले तयार पारेको पोशाकमा उनीहरु सजिएका थिए ।
आयोजक संस्थाका प्रबन्ध निर्देशक फुपु तेन्जिङ शेर्पाका अनुसार इन्टरनेशनल इन्टिच्युट अफ फेसन टेक्नोलोजीका विधार्थीहरुको डिजाईन प्रोत्साहनका लागि ‘ड्रेस टु इम्प्रेसन’ गत वर्षबाट आयोजना गरिँदै आएको हो ।