logo
२०८१ मंसिर ८ शनिवार



‘तिरस्कृता’ उपन्यास सार्वजनिक

कला |


‘तिरस्कृता’ उपन्यास सार्वजनिक


गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज १० गते । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले प्रविण निरौला लिखित उपन्यास ‘तिरस्कृता’ को शुक्रबार सार्वजनिक गर्नुभएको छ ।
राजधानीको कुन्ज थिएटरमा आयोजित कार्यक्रममा शताब्दी पुरुष जोशीले बिदेशमा बसेर नेपाली साहित्यको सेवामा समर्पित प्रविणको कार्यको प्रसंशा गर्नुभयो ।
कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्वैर कल्पनामा आधारित पुस्तकले नेपाली साहित्यमा नयाँ आयाम दिने बताउनुभयो ।
कार्यक्रममा साहित्यकार नर्वदेश्वरी सत्यालले उपन्यासमा परिकल्पना गरेजस्तै ‘तिरस्कृता’ ग्रह पृथ्वीमा कतै भए नारीले महिला हिंसाको बिरुद्ध बोल्न पर्ने थिएन भन्नुभयो ।
कार्यक्रममा साहित्यकार अनिल पौडेल, लेखक प्रविण निरौला र लेखनकुन्जका अध्यक्ष कमल ढकाललगायतले पुस्तकका बारेमा बोल्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?