डा. अमर गिरी
महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका विराट् प्रतिभा हुुन् । छोटो जीवनमा नेपाली साहित्यमा उनले जे जस्तो योगदान दिएका छन्, त्यो असाधारण छ । अढाई दशक जतिको सक्रिय साहित्यिक जीवनमा उनले साहित्यका विविध विधाका कृति, अनुुवाद र अन्य गरी ६ दर्जनभन्दा बढी पुुस्तक रचना गरेका छन् । उनका केही कृति अहिले पनि प्रकाशित हुुन सकेका छैनन् । उनको लेखन उच्च कोटीको छ । लेखनको उचाइकै कारण उनी नेपाली समाजमा अत्यन्त सम्मानित भएका हुुन् । शब्द र कर्मबीचको एकताले उनीप्रतिको सम्मानलाई अझ बढाएको हो ।
देवकोटा राणाकालीन समयमा जन्मिए । उनको जन्म मध्यम वर्गीय ब्राह्मण परिवारमा भएको थियो । उनको साहित्यिक व्यक्तित्वको निर्माण तत्कालीन परिस्थिति र पारिवारिक वातावरणका बीचबाट भयो । पठन संस्कार र साहित्यप्रति अभिरुचिको निर्माणमा परिवारको महŒवपूर्ण भूमिका रह्यो । प्रतिभाशाली, संवेदनशील र भावुक उनमा सानैदेखि जीवनका सुख–दुुःख, आँसुु–हाँसोप्रति गम्भीर सरोकार थियो । दस वर्षको उमेरमा उनले लेखेको मार्मिक कविता यसको दृष्टान्त हो । किशोरवयबाटै नेपाली समाजका उज्याला– अँध्यारा पक्षहरूमा उनको ध्यान जान थालेको थियो । सानै उमेरबाट फाट्टफुुट्ट लेख्न थाले पनि उनको साहित्यिक यात्राको थालनी विसं १९९१ देखि भएको थियो ।
इमानदारी
इमानदारी र गतिशीलता उनका सबैभन्दा महŒवपूर्ण विशेषता हुन् । उनको जीवनको गतिशीलता साहित्य सिर्जना र संस्थागत सक्रियतासम्म मात्र सीमित छैन, यो उनको साहित्यिक यात्रामा देखिने विचारको ऊध्र्वगामी परिवर्तनसँग पनि जोडिएको छ । उनी आफ्नो साहित्यिक यात्रामा स्थिर छैनन् । उनको यो चरित्र साँच्चीकै प्रशंसनीय छ । लेखनमा निरन्तर क्रियाशीलता र संस्थागत सक्रियता प्रायः धेरैमा हुन्छ, तर वैचारिक दृष्टिले ऊध्र्वगामी यात्रा निकै थोरैबाट मात्र हुन्छ । उनको साहित्यिक यात्रा यस दृष्टिले अत्यन्त महŒवपूर्ण छ । उनी इमानदार स्रष्टा भएकै कारण यस्तो परिवर्तन सम्भव भएको थियो । उनको व्यक्तित्व एवं योगदानको मूूल्याङ्कन गर्दा यस पक्षलाई गम्भीर रूपमा ध्यान दिन जरुरी छ । कयौँ समालोचकहरूले उनको यस पक्षलाई बिर्सिएर वा कम महŒव दिएर कलम चलाएका छन् । उनी लेखनमा जे जस्ता छन्, त्यस आधारमै
मूूल्याङ्कन गर्नुुपर्छ
नेपाली साहित्यमा स्वच्छन्दतावादको आरम्भ उनीबाटै भयो । उनी यस धाराका प्रवर्तक थिए । बाँचुुन्जेल उनी यस धाराका केन्द्रीय प्रतिभा रहे । उनको अवसानसँगै यस धाराको केन्द्रीयताको पनि अन्त्य भयो । उनी स्वच्छन्दतावादी स्रष्टा मात्र थिएनन्, यसलाई अघि बढाउन प्रयास गर्ने व्यक्तित्व पनि थिए । उनमा अभियन्ताका गुणहरू पनि थिए । उनी मूूलतः बेलायती स्वच्छन्दतावादी आन्दोलन र सिर्जनाबाट प्रभावित थिए । उनमा हिन्दीमा सिर्जित छायावादी साहित्यको पनि प्रभाव थियो । तत्कालीन नियन्त्रित र निर्देशित परिस्थितिले उनलाई स्वच्छन्दतावादतर्फ लाग्न प्रेरित गरेको थियो । अङ्ग्रेजी साहित्यको अध्ययन, उनको भावुुक र संवेदनशील हृदय पनि यसका कारक थिए । नियमको बन्धन उनका निम्ति त्यति प्रिय थिएन । उनी प्रकृृतिलाई औधी माया गर्थे । बौद्धिकताभन्दा भावना उनलाई बढी प्रिय थियो । आफ्नो सभ्यता, संस्कृतिलाई महान् ठान्नुु, देशलाई प्रेम गर्नुु, मनुुष्यका सुुख–दुुःखलाई नजिकबाट नियाल्नुु र त्यसप्रति गम्भीर र संवेदनशील बन्नुु उनका विशेषता थिए । मानवतावाद प्रारम्भबाटै उनका रचनाहरूमा पाइन्छ ।
स्वच्छन्दतावादको पृष्ठभूमि
स्वच्छन्दतावादी साहित्य चिन्तनको विकास पश्चिममा एक खास परिस्थितिका बीचबाट भएको थियो । पुुँजीवादको विकासले यसको विकासमा भूूमिका खेलेको थियो । साहित्यिक रूपमा यो शास्त्रीयतावाद र नव्यशास्त्रीयतावादविरूद्ध प्रतिक्रिया थियो । यसको विकासमा जर्मनीको भाववादी तथा आत्मवादी दर्शन तथा रुसोका विचारहरूको प्रभाव परेको छ । खासगरी रुसोका विचारहरूले यसमा धेरै ठूलो भूूमिका खेलेको छ । यसको विकासमा जर्मनी, फ्रान्स र बेलायतका चिन्तकहरूको महŒवपूर्ण भूूमिका छ । युुरोपमा सर्वप्रथम स्वच्छन्दतावादको विकास जर्मनीमा भएको थियो । स्लेगल, सेलिङ आदिले यसका निम्ति उल्लेखनीय भूूमिका निर्वाह गरेका थिए । गेटे, सिलर लगायत अन्यको पनि यस क्षेत्रमा ठूलो योगदान छ । सन् १७७० तिरबाट जर्मनीमा स्वच्छन्दतावादी आन्दोलनको विकास भएको थियो । ‘स्वच्छन्दतावाद’ शब्दको पहिलो प्रयोग नै स्लेगलले गरेका थिए । जर्मनीमा विकास भएको स्वच्छन्दतावाद र बेलायतमा विकसित स्वच्छन्दतावादी चिन्तनका बीचमा कयौँ भिन्नताहरू थिए ।
स्वच्छन्दतावादको विकास मूूलतः बेलायतमा भयो । सन् १७९८ मा वर्डस्वर्थ र कलरिजको ‘लिरिकल ब्यालेडस’ प्रकाशित भयो । यसको दोस्रो संस्करण सन् १८०० मा प्रकाशित भयो । यसमा भएको भूूमिकालाई स्वच्छन्दतावादको घोेषणापत्रका रूपमा लिइन्छ । यसको प्रकाशनसँगै बेलायती साहित्यमा स्वच्छन्दतावादको विधिवत आरम्भ भयो । विलियम ब्लेक, विलियम वर्डस्वर्थ, कलरिज, जन आस्टिन, लर्ड वाइरन, सेली, किट्स, वाल्टर स्कट, लि हट आदि महŒवपूर्ण स्वच्छन्दतावादी साहित्यकारहरू थिए । बेलायतमा स्वच्छन्दतावादी साहित्यको विकासमा पहिलो र दोस्रो पुुस्ताका साहित्यकारहरूले प्रमुुख भूूमिका सम्पादन गरेका थिए । फ्रान्समा स्वच्छन्दतावादी साहित्यको सुरुवात उनाइसौँ शताब्दीको दोस्रो दशकपछि भएको मानिन्छ । अमेरिकमा मार्गरेट फ्रुुलर, हेनरी डेविड थोरो, एड्गर ऐलेन पो आदिले स्वच्छन्दतावादलाई अघि बढाउन मुुख्य काम गरेका थिए । विद्रोहात्मकता, वैयक्तिकता, कल्पनाको प्राधान्य, सौन्दर्यात्मक दृष्टि एवं ऐन्द्रिय, प्रकृतिप्रेम, भावुुकता, देशप्रेम, कृत्रिमताबाट मुक्ति, मानवतावाद आदि स्वच्छन्दतावादका प्रमुुख मान्यता एवं प्रवृृत्तिहरू हुन् ।
स्वच्छन्दतावादलाई गोर्कीले सक्रिय र निष्क्रिय गरेर दुुई भागमा विभाजित गरेका छन् । उनका अनुुसार निष्क्रिय स्वच्छन्दतावादले मनुुष्यलाई बाह्य जीवनबाट अलग गरेर आफ्नै अन्तर्जगतमा सीमित गर्छ । यसले जीवनका समस्याहरूको समाधानका निम्ति भ्रमपूर्ण चिन्तनतर्फ प्रेरित गर्छ । यसको ठीक उल्टो सक्रिय स्वच्छन्दतावादले मनुुष्यको जिजीविषालाई प्रबल बनाउँदै उसलाई आफ्नो परिवेशभन्दा माथि उठ्न र सबै प्रकारका पराधीनताविरुद्ध उभिन अभिप्रेरित गर्छ । स्वच्छन्दातावादसम्बन्धी गोर्कीका विचारहरू धेरै महŒवपूर्ण छन् । देवकोटामै यो लागूू हुुन्छ । देवकोटाको साहित्यमा पाइने स्वच्छन्दतावाद सुरुदेखि अन्त्यसम्म एउटै छैन ।
मानवतावादी दृष्टिकोण स्वच्छन्दतावादको एक प्रमुुख विशेषता हो । रुसोले समानता, स्वतन्त्रता र भ्रातृत्वको नारालाई अघि सारे । स्वच्छन्दतावादमा पाइने मानवतावाद रुसोको यही चिन्तनबाट गहिरो गरी प्रभावित रहेको छ । उनी मानवीय गरिमा र गौरवलाई महŒव दिन्थे । मानिसलाई मानिसका रूपमा हेर्नुुपर्छ भन्ने उनको दृष्टिकोण थियो । यसले स्वच्छन्दतावादी स्रष्टाहरूलाई मानिसका दुुःख, पीडाप्रति सहानुुभूूतिशील बनायो । उनीहरूले मानवीय पीडालाई आफ्ना रचनाहरूमा अभिव्यक्ति दिए । कतिपय चिन्तकहरू स्वच्छन्दातावादी साहित्यमा पाइने मानवतावादलाई भावमूलक, मानवतावाद भन्न पनि रूचाउँछन् । स्वच्छन्दतावादीहरूले भावका स्तरमा मानव समान छन् भन्ने धारणा राख्ने भएकाले यसो भनिएको पाइन्छ । उनीहरूका अनुुसार सबैले समान रूपमा सुुख–दुःख, हर्ष– विस्मात्, प्रेम–घृणा आदिको अनुुभव गर्छन् । भिन्न सिद्धान्त र विश्वास भए पनि प्रेम, शोक आदि जस्ता अनुुभव सबैका समान हुुन्छन् । आनन्द र विषादको अनुुभव सबैमा उस्तै हुन्छ । वर्डस्वर्थ भन्छन्– आवेगले मनुुष्य स्वभावको महŒवपूर्ण विषयलाई उद्घाटन गर्छ । आवेगको स्तरमा मानव मात्रमा समानता छ ।
दार्शनिक विवेचनामा मानव जीवनको समस्यालाई महŒव प्रदान गर्ने प्रवृत्तिलाई मानवतावाद भनिन्छ । मनुुष्यलाई विश्वमा सर्वाेच्च स्थान प्रदान गर्नुु र मनुुष्यका आवश्यकतालाई पूर्ति गर्ने माध्यमका रूपमा ज्ञानलाई लिनु यसका महŒवपूर्ण पक्ष हुुन् । समाज र राजनीतिक दर्शनमा मानवतावादलाई मानवीय मूूल्य र आदर्शलाई महŒव प्रदान गर्ने, मानव प्रकृतिमा अन्तर्निहित प्रेम, मैत्री दया, सहयोग, करूणा जस्ता पक्षहरूमा जोड दिने दृष्टिकोणका रूपमा लिइन्छ । दर्शनकोशका सम्पादक फरलोवका अनुुसार मनुुष्यको प्रतिष्ठा र अधिकारलाई सम्मान गर्ने, व्यक्तिका रूपमा उसको मूूल्यलाई महŒव प्रदान गर्ने, मानिसको कल्याण चाहने, उसको चौमुुखी विकासका पक्षमा उभिने, मनुुष्यको हित हुुने गरी सामाजिक परिस्थितिको निर्माणका निम्ति चासो र चिन्ता व्यक्त गर्ने विचारको समग्रतालाई मानवतावाद भनिन्छ । एक महŒवपूर्ण विचारधाराका रूपमा मानवतावादको जन्म पुुनर्जागरण कालमा भएको थियो । यो मध्ययुुगीन धार्मिक विचारको विरोध गर्ने बुुर्जुुवा विचारधाराको लाक्षणिक विशेषता थियो । यो भौतिकवादी विचारसँग जोडिएको थियो । मानवतावादीहरूले वैयक्तिक स्वतन्त्रतालाई केन्द्रमा राखे र मनुुष्यको पक्षमा आफूलाई उभ्याए । बुर्जुवा मानवतावादका आफ्ना सीमा छन् । यसका सीमाहरू उधिन्दै समाजवादी मानवतावाद अगाडि आएको थियो । स्वच्छन्दतावादी साहित्य चिन्तन र सिर्जनामा बुुर्जुुवा मानवतावादी चिन्तनको प्रभाव बेसरी परेको छ । कयौँ स्रष्टाहरूले यसको अतिक्रमण गरेका छन् र उनीहरूको मानवतावादी चिन्तनले प्रगतिशील मानवतावादी रूप ग्रहण गरेको छ । देवकोटा त्यस्तै महान स्रष्टाहरूमध्ये एक हुुन् ।
देवकोटामा मानवतावाद
देवकोटाको साहित्यमा पाइने मानवतावादलाई उनको साहित्यिक यात्राका विभिन्न मोडहरूसँग सन्दर्भित गरेर हेर्नुुपर्छ । उनको साहित्यिक यात्राका विभिन्न मोडहरू उनको साहित्य चिन्तन र प्रवृत्तिमा आएको परिवर्तनसँग जोडिएका छन् । यसबाट उनको मानवतावादी चिन्तन पनि प्रभावित छ । उनको लेखन यात्राको चरण विभाजनमा समानता पाइन्छन् । विभिन्न विद्वान्हरूद्वारा विभिन्न चरणमा बाँडेर उनको साहित्यिक योगदानको विश्लेषण र
मूूल्याङ्कन गरिएको पाइन्छ । उनको लेखन यात्रालाई मोटामोटी तीन खण्डमा बाँडेर अध्ययन गर्न उपयुुक्त हुुन्छ । वि.सं. १९९१ देखि २००३ सम्मलाई पहिलो चरण, २००४ देखि २००७ सम्मलाई दोस्रो चरण, २००८ देखि २०१६ सम्मको अवधिलाई तेस्रो चरणका रूपमा उल्लेख गर्न सकिन्छ । यी तीनै चरणमा उनी दृष्टिकोण र प्रवृत्तिका दृष्टिले भिन्न छन् । यो उनको गतिशील साहित्यिक यात्राको अत्यन्त महŒवपूर्ण पक्ष हो । यही गतिशीलता उनको सफलताको एक महŒवपूर्ण आधार पनि हो ।
उनको साहित्यिक यात्राको पहिलो चरण निष्क्रिय स्वच्छन्दतावादी चरण हो । यस अवधिका देवकोटा आदर्शवादी छन् । ईश्वर, धर्म, आत्मा, स्वर्ग, नर्क सबै स्वीकार गरेका छन् । चैतन्यका अनुुसार एकातिर उनको ईश्वरवाद पूर्वको अद्वैत वेदान्त दर्शन र अर्काेतिर पश्चिमको सर्वेश्वरवादी दर्शनजस्तो देखापर्छ । यस चरणमा उनमा अतीत प्रेम, कल्पनाको प्राधान्य, वैयक्तिकता, प्रकृतिप्रेम आदि जस्ता प्रवृत्ति बढी पाइन्छन् । उनमा समान्तवादी चिन्तन बढी छ । उनी यथार्थबाट भागेका छन् र सङ्घर्ष चेतना न्यूून छ । सामन्तवादी चिन्तन र निष्क्रिय स्वच्छन्दतावादलाई अँगाले पनि उनमा मानवतावादी चिन्तन भने पाइन्छ । यही मानवतावादी चिन्तनका कारण उनी कतिपय ठाउँमा सामन्तवादको विरोधमा पनि उभिएका छन् । महान् स्रष्टाहरूमा प्रायः यस्तो विरोधाभास पाइन्छ । उनीहरूले आफ्ना सीमालाई अतिक्रमण गर्छन् ।
उनको यस अवधिको लेखनमा गरिबहरूप्रति आदर छ । उनीहरूको श्रमको सम्मान गरिएको छ । उनीहरूका दुुःखपीडालाई मार्मिक अभिव्यक्ति दिइएको छ । जातपातका आधारमा होइन, दिलका आधारमा मानिस ठूलो हुुन्छ भनिएको छ । ईश्वरलाई मानिसको सेवामा खोज्न आग्रह गरिएको छ । दीनदुःखीहरू प्रति प्रेम, करूणा, दया व्यक्त गरिएको छ । उनी मानवता नै मनुुष्यमा हुुनुुपर्ने ठूलो गुुण हो भन्छन् र सबैलाई मानवतावादी बन्न आग्रह गर्छन् । यात्री, गरिब, वन, मुुनामदन आदि जस्ता रचनाहरूमा मानवतावादलाई अभिव्यक्ति दिइएको छ । यी यस अवधिका उनका महŒवपूूर्ण रचनाहरू हुुन् । यस चरणको अन्त्यसम्म आइपुुग्दा उनमा गम्भीर सामाजिक सरोकारको विकास हुुन थालेको पाइन्छ । उनी तत्कालीन शासनलाई व्यङ्ग्य गर्न सुुरु गर्छन् । बाघले बच्चा किन खान्छ ? साँढे आदि जस्ता रचना यसका दृष्टान्त हुुन् । यो सरोकार उनको मानवतावादी चेतनासँग जोडिएको छ । मूूलतः शाकुुन्तल महाकाव्यमा पाइने दृष्टिकोण र प्रवृत्तिका आधारमा यस अवधिलाई निष्क्रिय स्वच्छन्दतावादी चरणका रूपमा उल्लेख गरिएको देखिन्छ ।
महत्त्वपूर्ण परिवर्तन
साहित्यिक यात्राकोे दोस्रो चरणमा उनको लेखनमा महŒवपूर्ण परिवर्तन आएको छ । उनमा विद्रोही चेतनाको विकास भएको छ । उनी राणाविरोधी आन्दोलनमा सक्रिय भएका छन् र सामाजिक यथार्थसँग बढी जोडिएका छन् । उनमा वैचारिक परिवर्तन आएको छ । निष्क्रिय स्वच्छन्दतावादबाट सक्रिय स्वच्छन्दतावादतर्फ, सामन्तवादबाट पुँजीवादी मानवतावादतर्फ, आदर्शवादबाट भौतिकवादतर्फको यात्रा यस अवधिको सबैभन्दा महŒवपूर्ण पक्ष हो । यस अवधिमा उनले स्वतन्त्रता, समानता र मानवीय गरिमालाई अत्यधिक महŒव दिएका छन् । उनको मानवतावादी स्वर विद्रोही भएको छ । उनको मानवतावादी चिन्तन विवेकमा आधारित र तार्किक बन्दै गएको छ । ईश्वरवादी उनले उसको अस्तित्व माथि प्रश्न गर्न सुुरु गरेका छन् । उत्पीडन र निरङ्कुुशताबाट मुक्तिका साथसाथै स्वतन्त्रता, समानता र सामाजिक न्यायका निम्ति सङ्घर्षको आह्वान गरेका छन् । उनका रचनाहरूमा गरिब, दुःखीप्रति पाइने सहानुुभूति, प्रेम, करूणा अब सङ्घर्ष गरेर हक लिनुुपर्ने कुरामा बदलिएको छ । पहाडी पुुकार, झन्जावीर, भिङ्गुुको झोपडी, डायमन कुुक्कुुर, नपुुङ्सक प्रजा, राजा कसरी गर्छन् राज ? आदि जस्ता उनका रचनामा सक्रिय स्वच्छन्दातावादी प्रवृत्ति एवं बुुर्जुवा मानवतावादी दृष्टिकोण पाइन्छ । उनका रचनामा पाइने बुुर्जुुवा मानवतावाद र सक्रिय स्वच्छन्दातावादी प्रवृत्तिलाई ध्यान दिएर नै निनुु चापागाईंले यस चरणलाई पुुँजीवादी मानवातावादमा आधारित क्रान्तिकारी स्वच्छन्दतावादी चरणका रूपमा उल्लेख गरेका छन् । यस चरणमा उनको मानवतावादी स्वर अझ प्रखर छ र मानवतावादले उनका रचनाहरूमा तीक्ष्ण अभिव्यक्ति पाएको छ । उदाहरणका निम्ति मात्र यहाँ केही रचनाको उल्लेख गरिएको हो । उनका धेरैजसो रचनामा मानवतावादी स्वर पाइन्छ ।
समाजवादी चेतना
लेखन यात्राको तेस्रो चरणमा उनमा अझ महŒवपूर्ण वैचारिक परिवर्तन आउँछ । उनी बुुर्जुुवा मानवतावादी चिन्तनबाट अगाडि बढ्छन् । यस यथार्थलाई दृष्टिगत गर्दै ताराकान्त पाण्डेयले यो अवधि देवकोटाको वैचारिक अन्तर्विकासको प्रक्रियाका दृष्टिकोणले बेग्लै र उन्नत अवधि हो भन्दै उनी पुुँजीवाद र साम्राज्यवादको आलोचक र समाजवादी चेतनाको प्रभावलाई आत्मसात गर्न पुुगेको उल्लेख गरेका छन् । देवकोटाको साहित्यिक यात्रा यहाँसम्म आइपुुग्दा वैचारिक दृष्टिले धेरै परिपक्व र प्रगतिशील बनेको छ । उनको भौतिकवादी दृष्टिकोण अझ स्पष्ट र बलियो भएको छ । सामन्तवाद, पुुँजीवाद र साम्राज्यावाद विरोधी स्वर अझ तिखो बनेको छ । समाजवादले मात्र मानव समाजलाई सबै दृष्टिले राम्रो बनाउन सक्छ भन्ने दृष्टिकोण उनमा मजबुत भएको छ । रचनाहरूबाट मात्र होइन सार्वजनिक रूपमा बोल्दासमेत उनले यस्ता विचारहरू व्यक्त गरेका छन् । उनी बुुर्जवा मानवतावादबाट माथि उठेका छन् र समाजवादी मानवतावादतर्फ उन्मुुख भएका छन् । मानवहितको कुुरालाई उनले समाजको आधारभूत परिवर्तनका परिप्रेक्ष्यमा हेरेका छन् । उनी सामान्य सुुधारवादी चेतनाबाट माथि उठेका छन् । उनका निबन्ध, आलोचनात्मक लेख, खण्डकाव्य, महाकाव्य लगायत विभिन्न सामग्रीहरूले यसलाई पुष्टि गर्छन् । प्रमिथस प्रगतिशील मानवतावादका दृष्टिले यस चरणको सबैभन्दा महŒवपूर्ण रचना हो ।
देवकोटाको लेखन यात्रामा ठूलो परिवर्तन आए पनि निष्क्रिय स्वच्छन्दतावादका केही लक्षणहरू उनका केही पछिल्ला रचनाहरूमा पनि पाइन्छन् । यही आधारमा उनमा आएको महŒवपूर्ण परिवर्तनको गलत मूूल्याङ्कन भने गर्न हँुुदैन । देवकोटामा क्रमशः वैचारिक परिवर्तन र सिर्जनामा प्रौढता आएको छ । जीवनको उत्तरार्धमा उनी समाजवादी चिन्तनका निकट पुुगेका छन् । अध्ययन र अनुुभवले उनलाई त्यहाँ पुु¥याएको हो । मानवताका भोका उनले पुुरानै परिपाटीमा कामनाले मात्र मानवतावादको अर्थ नरहने बुुझेका छन् ।
उनी नेपाली साहित्यका अत्यन्त ठूला मानवतावादी स्रष्टा हुुन् ।
मधुपर्क कात्तिक २०७६