logo
२०८१ मंसिर ८ शनिवार



मिस बल्ड २०१९ को उपाधि टोनी एन सिंलाई

कला |
पढ्नै पर्ने |


मिस बल्ड २०१९ को उपाधि टोनी एन सिंलाई


गोरखापत्र समाचारदाता

काठमाडौं, मड्सिर २९ गते । विश्व प्रतिष्ठित मिस वल्र्ड २०१९ को ताज जमैकाको टोनी एन सिंले आफ्नोे शिरमा सजाउन सफल हुनुभएको छ ।

शनिबार लन्डन एक्सेलमा सम्पन्न भएको ६९ औं ‘मिस वल्र्ड प्रतियोगिता’ को अन्तिम प्रतिस्पर्धामा नेपालको अनुष्का श्रेष्ठ भने उत्कृष्ट १२ सम्म पुग्नुभएको थियो । टोनीले १२५ देशका सुन्दरीहरूलाई पछि पार्दै मिस वल्र्डमा आफ्नो स्थान सुनिश्चित गर्नुभएको उहाँलाई मिस वल्र्ड २०१८ भेनिसा पोन्सले आफ्नो ताज पहिराएकी हुन ्।

फ्लोरिडा स्टेट युनिभर्सिटीमा स्नातक २३ वर्षीया टोनीले विश्वभरका महिला तथा बालबालिकाको दीगो परिवर्तनका लागि आफ्नो उपाधि सदुपयोग गर्ने बताउनुभयो । उहाँले मिस टयालेन्ट उपाधि पनि हात पार्नुभएको थियो ।
यस्तै दोस्रो स्थानमा फ्रान्सकी ओफेली मेजिनो हुदाँ भारतकी सुमन रावले तेस्रो स्थान हासिल गर्नुभयो । उत्कृष्ट ५ मा छानिएका नाइजेरिया, ब्राजिल, इण्डिया, जमैका र फ्रान्स छानिएको थियो । प्रतियोगीले लोकप्रिय टीभी प्रस्तोता पियर्स मोर्गनको प्रश्न सामना गर्नुपरेका थियो ।

मिस नेपाललाई दुई उपाधि

मिस नेपाल अनुष्का श्रेष्ठले दुई उपाधि देशमा भित्र्याउन सफल हुनुभएको छ । उत्कृष्ट १२ सम्म पुग्न सफल हुनुभएको उहाँले निकै नै महत्वपुर्ण मानिने मिस वल्र्ड ‘ब्युटी वीथ अ पर्पोज’ र ‘मल्टिमिडिया’ अवार्ड हात पार्नुभएको हो ।

उत्कृष्ट पाँच सम्म पुग्ने दावेदार भएपनि उहाँ उत्कृष्ट १२मा नै चित्त बुझाउनुपरेको थियो । अघिल्लो संस्करणमा पनि नेपालकी शृंखला खतिवडाले तिनै दुई टाइटल देशमा भित्रााउनुभएको थियो ।

उत्कृष्ट १२ मा केन्या, नाइजेरिया, ब्राजिल, मेक्सिको, इण्डिया, नेपाल, फिलिपिन्स, भियतनाम, जमैका, फ्रान्स, रसिया र कुक आइल्यान्ड्सका सुन्दरी परेका थिए । मिस नेपाल सोही चरण (सेमिफाइनल) बाटै बाहिरिइन् । दुई अवार्ड जितेपछि खुसी व्यक्त गर्दै श्रेष्ठले सबैप्रति आभार व्यक्त गर्नुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?