चितवन समाचारदाता
चितवन, फागुन २६ गते । पत्रकार वसन्त पराजुरीद्वारा लिखित कथाहरुको संग्रह कुमाता विमोचन गरिएको छ । गोरखापत्र दैनिकका प्रधानसम्पादक तथा साहित्यकार श्रीओम श्रेष्ठ रोदनले सो कथासंग्रह सोमबार विमोचन गर्नु भएको हो । चितवन जिल्लामा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आउनु भएका कथाकार पराजुलीले रिपोटिङका क्रममा देखिएका घटनाहरुलाई कथाको रुपमा उतार्नु भएको छ ।
समाजमा देखिएका समस्या, सस्कार, कुरितीलाई चित्रण गरी कथा लेखिएको लेखक पराजुरीले बताउनु भयो । विभिन्न विषयहरु समेटेर १० वटा कथा पुस्तक समावेश भएका छन् ।
खास गरी महिलाले बच्चा जन्माएर पनि किन पालन पोषण गर्न सक्दिनन् र वाध्य भएर मार्न पुग्छिन्, समाजको डरले उनले बाबु र बच्चाको नाम दिन सक्दिनन भन्ने कथा समेटिएकाले कुमाता शीर्षक रहेको उहाले बताउनु भएको छ ।
कथाहरुको संग्रह विमोचन गर्दै गोरखापत्रका सम्पादक तथा साहित्यकार श्रीओम श्रेष्ठ रोदनले साहित्यमा सिर्जनशीलता र निरन्तरको खाचो रहेको बताउनु भयो ।
पैसा र धनसम्पत्तिको आडमा साहित्यमा आउने पछि हराएर जाने संस्कारको विकास भएकाले यस तर्फ नव सर्जकले ध्यान दिनु पर्नेमा जोड दिनुभयो । कार्यक्रमा कथाकार एलसी क्षेत्री, साहित्कार भूपिन लगायतले कथा संग्रहको विषयमा टिप्पणी गर्नुभएको थियो । पराजुरीको साहित्यिक यात्राको पहिलो पुस्तक कुमाता कथा संग्रह हो । पुस्तकलाई भुडिपुराणले प्रकाशन गरेको छ ।