गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख १७ गते । लकडाउनमा घर बसाइको समयलाई सृजनात्मक बनाउँदै आफ्नो ठाउँलाई प्रचार गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डले झयालबाट देखिने सुन्दर दृश्यको फोटो प्रतियोगिताआयोजना गरेको छ ।
प्रतियोगितामा नेपालको कुनै ठाउँको प्राकृतिक सौन्दर्य, संस्कृति, पर्यटन गतिविधिवा केही पनि सान्दर्भिक तस्बिरहरु अनलाइनबाट पठाउन सकिनेछ ।
सहभागीहरुले आगामी जेष्ठ १८ सम्मफोटोहरु पठाइसक्नुपर्नेछ । नेपालपर्यटन बोर्डको फोटो अभियानको साइटhttps://photonepal.travelमिार्फत प्रतियोगितामा सहभागीहुन सकिनेछ । उत्कृष्ट पाँच सहभागीहरुले जनहीदशहजार नगद पुरस्कार प्राप्तगर्ने बोर्डले विज्ञप्ति मार्फत जनाएको छ ।
बोर्डकाकार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले ‘फोटो प्रतियोगिताले नेपालको कुनाकाप्चामा खिचिएको फोटो प्रदर्शनीगर्ने, छलफल गर्ने र फोटो मार्फत देशको पर्यटन प्रवद्र्धन गर्ने साझा अभियानलाई अघि बढाउने छ ’बताउनुभयो ।
नेपाल पर्यटन बोर्डले चारवर्ष अघिदेखि फोटोको माध्यमबाट देशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ नियमित ह्यास फोटोनेपालफोटो प्रदर्शनीगर्दै आएको थिया े।