गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २४ गते । गोरखापत्र नायव कार्यकारी सम्पादक तथा साहित्यकार तुलसीहरि कोइरालाले ‘शेरबहादुर कान्छी उप्रेती’ स्मृति पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएको छ । मिना सिग्देल उप्रेतीद्वारा स्थापना गरिएको सो पुरस्कारको राशि ११ हजार १११ रुपियाँ रहेको छ ।
साहित्य बाटिका नेपाल तथा मुक्तिनाथ दर्शन साहित्य समाज नेपालद्वारा शनिबार राजधानीमा आयोजित हरिभक्त सिग्देल ‘महेश’को ४२ औं कृति खण्डकाव्य ‘गौराङ्ग’ को सार्वजनिक कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो । लघुकथा समाज नेपालका सचिव र सगरमाथा बाङ्मय प्रतिष्ठानका महासचिवसमेत रहनुभएका कोइरालाका बालसाहित्यका चार र लघुकथा सङ्ग्रह ९संयुक्त० प्रकाशित छन् । उहाँको कथासङ्ग्रह ‘न्यूरोडका झाँकी’ प्रकाशोन्मुख अवस्थामा रहेको छ ।
शिक्षा सचिव गोपीनाथ मैनालीले गौराङ्ग बाबाका विषयमा लेखिएको खण्डकाव्य ‘गौराङ्ग’ को बिमोचन गर्नुभएको थियो । कार्यक्रममा समालोचक युवाराज मैनाली, प्रा।डा अर्जुनदेव भट्ट, डा। खेम कोइराला ‘बन्धु’ कलानिधि दाहालले कृतिका बारेमा चर्चा गर्नुभएको थियो