logo
२०८१ मंसिर ९ आईतवार



‘पूर्वीय सभ्यतामा मानव अधिकार पुस्तक सार्वजनिक

कला |


‘पूर्वीय सभ्यतामा मानव अधिकार पुस्तक सार्वजनिक


गोरखापत्र अनलाइन
लण्डन,चैत ५ गते । संयुक्त अधिराज्य(बेलायत)को एक प्रतिष्ठित प्राज्ञिक प्रकाशन गृहले प्रा.डा. सूर्यप्रसाद सुवेदीद्धारा अङ्ग्रेजी भाषामा लिखित ‘पूर्वीय सभ्यतामा मानव अधिकार’ नामक पुस्तक प्रकाशन गरेको छ ।
बेलायतको एडवार्ड एलगार नामक प्रकाशन गृहले प्रकाशन गरेको पुस्तकमा प्रा.डा.सुवेदीले मानव अधिकारको प्रवर्धनमा आफ्नो अनुभवबारे विवेचना गर्नुभएको छ । पूर्वीय सभ्यताका मूल्य र मान्यता के हुन्, कसरी इसापूर्वको र औपनिवेशिककाल अघिको पूर्वीय सभ्यताले पाश्चात्य सभ्यतामा प्रभाव पारेको थियो र मानवअधिकारको प्रवर्धनमा पाश्चात्य सभ्यताले कसरी अग्रणी भूमिका निर्वाह गर्न सक्यो भन्ने बिषयलाई पुस्तकमा समेटिएको छ । पूर्वीय सभ्यताको पुनरुत्थान र पूनर्जागरणले पाश्चात्य सभ्यताको देन मानिएको मानवअधिकारको विश्वव्यापी अवधारणालाई कस्तो असर पर्नेछ भन्ने बिषयलाई पनि पुस्तकमा समेटिएको छ ।
बेलायतको लिड्स विश्वविद्यालयका प्राध्यापक डा.सुवेदीको यो दशौँ कृति हो । यसअघि उहाँको संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार निकायका दायित्वका बारेसहितका अन्य पुस्तक प्रकाशित भएका छन । हालै प्रकाशित पुस्तक विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी र अनुसन्धानमा रुचि राख्नेहरुका लागि उपयोगी हुने प्रा.डा.सुवेदीले बताउनुभयो । पुस्तक अमेजनमा उपलब्ध छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?