logo
२०८१ श्रावण ३२ शुक्रवार



असारे भाका (कविता)

शनिवार |


असारे भाका (कविता)


ज्ञानेन्द्र गदाल

असारै मैना पानी है प¥यो, भिजायो गैरी खेत
यो वर्ष पनि रोपाइँको बेला, हुने भो हाम्रो भेट ।
त्यो गैरी खेतमा रोपौंँला धान, भिजेर पानीमा
गाउँला गीत लाउँला प्रीत, यो जिन्दगानीमा ।

हिलाम्मे भयो खेतको आली, कुलाको पानीले
रोप्तैछन् मिली धानको बीउ, रोपारे नानीले
दाजु र भाइको फुर्तिलो चाला, लाउँदैछन् बियाड
असारे फूलझैँ फक्रेको फूलमा, होला है पियार ।

यो बेला हाम्रो रोपेर मानो, फलाउने मुरी हो
सबैले मिली परिश्रम गरे, चुलिने धुरी हो ।
साँझको बेला कराउन थाले, झ्याउँकीरी वनमा
पौरख गरौँ प्रीतिको फूल, फुलाई मनमा । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?