गोरखापत्र अनलाइन
काठमाडौं, असोज १८ गते । हाँस्यव्यङ्ग्यकार माणिकरत्न शाक्यको अर्काे ‘झ्याइँकुटी झ्याइँ झ्याइँ’ बजारमा सार्वजनिक भएको छ ।
हास्यव्यङ्ग्यात्मक संस्मरण सङ्ग्रहको रुपमा हाँस्यव्यङ्ग्यकार शाक्यको यो चौंथो कृति हो । यसअघि उहाँका ‘आफ्नै झ्याइँकुटी’, ‘अर्काे झ्याइँकुटी’ र ‘वाल्यकालको उपद्रो’ प्रकाशित भैसकेका छन् ।
भँुडीपुराण प्रकाशनले बजारमा ल्याएको ११४ पृष्ठ यस कृतिमा ४९ वटा संस्मरणहरु सङ्ग्रहित गरिएका छन् ।
यस कृतिबाट पाउने लेखकस्व (रोयल्टी) मिर्गाेला रोगीको उपचार र अनाथ वालवालिकाको आर्थिक सहयोग हुने शाक्यले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।