काठमाडौं, कात्तिक ७ गते । लेखक पदम श्रेष्ठको पाँचौ कृति ‘जातजाति र संघीयता’ औपचारिक रुपमा सार्वजनिक भएको छ ।
नेवाः जातीय महासंघको नेपाल सम्वत ११४२ को उपलक्ष्यमा शनिबार आयोजित भिन्तुना कालबिल कार्यक्रममा सो कृति सार्वजनिक भएको हो ।
नेपालमा संघीयता कति ठिक कति बेठिक भन्ने विषयमा कन्द्रीत रहेर सो कृतिलाई लेखक श्रेष्ठले विश्लेषण गर्नुभएको छ ।
यस कृतिका प्रकाशक प्रेमराज वासुकलाले समाजशास्त्र, मानवशास्त्र र राजनीतिशास्त्र अध्ययन गर्ने जोकोहीलाई नेपाली समाज र संघीयता बुझ्नको लागि केही हदसम्म सहयोगी हुने गोरखापत्र अनलाइनलाई प्रतिक्रिया दिनुभयो ।
यसअघि लेखक श्रेष्ठका ‘नेवार’, ‘नेपालमण्डल सम्पदा’, ‘नेपाल जात्रा संस्कृति’, ‘नेपालका धर्महरु’ प्रकाशित भैसकेका छन् ।