काठमाडौं, पुस ३ गते । रत्न राज्यलक्ष्मी क्याम्पसमा नेवाः विद्यार्थी युनियनले २०६१ देखि बन्द रहेकाे सुकुन्दा साहित्य पालाःमा अध्यक्ष प्रशान्त डंगोलकाे नेतृत्वमा पुनःगठन गरेकाे छ ।
स्थापना भएकाे ४१ वर्षपछि नियमित रूपमा भाषा, साहित्य, कलालगायत विविध क्षेत्रसम्बन्धी गतिविधिहरू यस पालाःले सञ्चालन गरेकाेमा करिब १७ वर्षदेखि बन्द भएकाे थियाे ।
यस पालाःमा उपाध्यक्ष विनोदमान सिंह, सचिवमा रिदेन महर्जन, सहसचिवमा इन्द्रमान महर्जन, कोषाध्यक्षमा सुस्मिता राजबाहाक, सदस्यहरूमा रजिना डंगोल, सोमी डंगोल, सुभास डंगोल, सरिता मालाकार डंगोल, धिरज प्रजापति, सुष्मा श्रेष्ठ रहेका छन् ।
पुनःगठन कार्यक्रमका नेपालभाषाका प्राडा चन्द्रमान बज्राचार्य, नेपालभाषा शिक्षिका श्रृमिला सुवाल, शिक्षक अनुपसिंह सुवाल राजी किपू, ज्यापू समाजकी उपाध्यक्ष सविना महर्जनलगायतकाे उपस्थिति रहेकाे थियाे ।
यसअघि नेवाः विद्यार्थी युनियनले यस क्याम्पसमा नेपालभाषाकाे विए र एमएकाे कक्षा सञ्चालन गर्न भूमिका निर्वाह गरेकाे थियाे ।