logo
२०८२ जेष्ठ २७ सोमवार



म्युजिक भिडियोे जाल बुन्यो

मनोरञ्जन |


म्युजिक भिडियोे जाल बुन्यो


गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ८ गते । म्युजिक भिडियोमा टुइन्स (जुम्ल्याहा) गर्ल अर्थात् प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडालाई लिएर नयाँ म्युजिक भिडियो ‘जाल बुन्यो’ निर्माण गरिएको छ । ‘जाल बुन्यो’ बोलको गीतमा प्रिज्मा र प्रिन्सीसँगै टुइन्स ब्वाय अमर दाहाल र अमृत दाहालको जोडी बाँधिएको छ । भिडियोमा टुइन्स केटीहरूसँग टुइन्स केटाहरू नै राख्दा अझ सुहाउने भएकाले यसरी जोडी बाँधिएको हो ।

विपिन घिमिरे र सुजाता केसीको स्वरको उक्त गीतमा गायक विपिनकै सङ्गीत रहेको छ भने शिव अधिकारीको शब्द छ । भिडियोमा मानकृष्ण महर्जन तथा सम्पादन विकास ज्ञवालीको रहेको छ भने निर्देशन र कोरियोग्राफी रामजी लामिछानेको रहेको छ ।
गायक विपिनले युवापुस्तासँगै सबै वर्गका दर्शकलाई मनपर्ने खालको गीत बनाइएको भन्दै यसलाई सबैले रुचाउने विश्वास व्यक्त गर्नुभयो । गायिका सुजाताले गीतको अडियो र भिडियो निर्माणको क्रममा गरेको दुःख सम्झँदै भन्नुभयो– “धेरै मिहिनेतका साथ गीत तयार पारेका छौँ । दर्शक श्रोतालाई पक्कै मनपर्छ । ” 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?