logo
२०८१ बैशाख २५ मंगलवार



हनुमानको करामत बालकथा सार्वजनिक

कला |


हनुमानको करामत बालकथा सार्वजनिक


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन ४ गते । बालसाहित्य क्षेत्रमा कलम चलाउँदैं आउनुभएका सर्जक जितेन्द्र रसिकको नयाँ कृति ‘हनुमानको करामत’ सार्वजनिक भएको छ । बाल चित्रकथा कृति इर्टनल प्रकाशन प्रालिले बजारमा ल्याएको हो ।

चित्रकथामा बालमनोविज्ञानमा आधारित रहेर राम र हनुमानको कथानक उठान गरिएको छ । चित्रकथामा बालबालिकाले सजिलै बुझिने सरल भाषा र चित्रकोे प्रयोग गरिएको छ । ऐतिहासिक विषयलाई जति पढ्यो त्यति नै पढुँपढुँ लाग्नेगरी कथा प्रस्तुत गरिएको छ । कथामा अयोध्याका राजा राम उपत्यका चहार्ने क्रममा समस्यामा पर्दा आफ्ना परमभक्त हनुमानले देखाएको करामतको वर्णन गरिएको छ ।

राम र हनुमानको उपत्यका यात्राका विषयलाई मिथकमा आधारित भएर कथालाई रोचक तरिकाले प्रस्तुत गरिएको छ । कृति पढेपछि बालबालिकाले मनोरञ्जनका साथै राम र हनुमानका ऐतिहासिक विषयबारे पनि जानकारी पाउने कथाकार रसिकले बताउनुभयो ।

कथामा राम र हनुमान भ्रमणका क्रममा भक्तपुरको हनुमन्ते खोला पुगेको र हनुमन्ते खोलामा हनुमान र रामवीच भएका गतिविधिको चित्रण गरिएको छ । ऐतिहासिक साँस्कृतिक कथा भएकाले बालबालिकाले चित्रकथा हेरेर र पढेर रमाउने विश्वास कथाकारको छ ।

इर्टनल प्रकाशन प्रा.लि.ले पकाशन गरेको कृतिको आवरण चर्चित चित्रकार प्रज्ज्वल थापाले डिजाइन गर्नुभयो । विद्यार्थीलाई लक्षित ‘हनुमानको करामत’ चित्रकथा प्राथमिक तहका बालबालिकाका लागि उपयोगी हुने इर्टनल प्रकाशन प्रालिले जनाएको छ । पुस्तकको मूल्य १५५ रुपियाँ रहेको छ ।

हनुमानको करामत’ कृति रसिकको १३ औं कृति हो । यसअघि बाल साहित्यका कृतिहरुमा एलियनको पृथ्वी भ्रमण (बालकथा सङ्ग्रह –२०७२) हावा फल्ने रुख (बालचित्र कथा–२०७३) एङ्ग्री बर्ड (अंग्रेजी बालकथा सङ्ग्रह –२०७४) बेलबहादुरसँग विहे ( चित्रकथा –२०७७) गुलेली (बालकथा सङ्ग्रह) २०७७, काफिया (गजल सङ्ग्रह–२०७३), लज्जावती (उपन्यास –२०७३), अलकापुरी भक्तपुर (सम्पदा नालीबेली –२०७५), सर्वरत्न (पद्मरत्न तुलाधरको जीवनी –२०७६) र पव्लिक स्पिकिङ (उद्घोषण तथा सञ्चार सिकाई पुस्तक– २०७७) प्रकाशित छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?