logo
२०८१ बैशाख २५ मंगलवार



गीति सङ्ग्रह ‘जनता के गीत गावत रहेम’को लोकार्पण

कला |


गीति सङ्ग्रह ‘जनता के गीत गावत रहेम’को लोकार्पण



काठमाडौं, फागुन ११ गते । लेखक गोपाल ठाकुरको भोजपुरी भाषामा लेखिएको ‘जनता के गीत गावत रहेम’ गीत सङ्ग्रहको लोकार्पण गरिएको छ । काठमाडौंमा एक कार्यक्रमका बीच नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त गीति सङ्ग्रहको लोकार्पण गर्नुभएको हो ।

पुस्तकको लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले गीत सङ्ग्रहमा श्रमजीवी वर्ग र उनीहरुको विचारलाई केन्द्रित गरेर लेखिएका गीतहरु समावेश गरिएको आफूले पाएको बताउनुभयो । पार्टी र सङ्गठनको जिम्मेवारी इमानदारिपूर्वक पूरा गर्ने ठाकुरले रचना सिर्जनाको माध्यमबाट जनचेतना जगाउन महत्वपूर्ण भूमिका खेलिरहेको पनि अध्यक्ष प्रचण्डले बताउनुभयो ।

ठाकुर वर्गीय र वैचारिक रुपले श्रमजीवी वर्गप्रति समर्पित लेखक भएको चर्चा गर्दै प्रचण्डले बहुआयामिक प्रतिभाको धनी भए पनि क्षमताअनुसार उहाँलाई सबैले आत्मसात् नगरेका हुन् भन्ने आफूलाई लागेको बताउनुभयो ।

भोजपुरी भाषामा रहेको पुस्तक ‘जनता के गीत गावत रहेम’को अर्थ म जनताको गीत गाइरहनेछु भन्ने रहेको लेखक गोपाल ठाकुरले बताउनुभयो ।

पुस्तकमा २०३९ सालदेखि अहिलेसम्म लेखिएका ६१ वटा गीत समावेश गरिएको छ । अधिकांश गीत लोकलयमा आधारित रहेको र केही गीत आफूले सङ्गीत राखेर रेकर्ड गर्ने तयारी भइरहेको ठाकुरले बताउनुभयो ।

वैचारिक रुपले प्रगतिवादी धारामा केन्द्रित रहेर गीतहरु लेखिएको भन्दै ठाकुरले पछिल्लो समयमा भोजपुरी भाषामा देखिएका विकृति र अतिलाई कम गर्न आफूले प्रगतिवादी धारामा आधारित गीत सङ्गीत सिर्जनामा विशेष जोड दिइरहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?