logo
२०८१ बैशाख २६ बुधवार



साहित्यकार चूडामणि र पत्रकार भूषणलाई दधिराज पुरस्कार

कला |


साहित्यकार चूडामणि र पत्रकार भूषणलाई दधिराज पुरस्कार


काठमाडौं, फागुन १९ गते । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले प्रत्येक वर्ष प्रदान गर्नेे ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार–२०७८ ’ चूडामणि बन्धूलाई र दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार– २०७८’ टेलिभिजन पत्रकार तथा प्रस्तोता भूषण दाहाललाई प्रदान गर्ने निर्णय गरेको छ ।

साहित्य पुरस्कार ५१ हजार र पत्रकारिता पुरस्कारको राशी पचीसहजार छ । यसअघि उक्त पुरस्कार साहित्यकारहरू प्रा. डा. गोविन्दराज भट्टराई, प्रा.डा.अभि सुवेदी, प्रा.डा. माधवप्रसाद पोखरेल, डा. विष्णुविभु घिमिरे र एसपी कोइराला त्यसैगरी पत्रकारहरू हरिबहादुर थापा, शिवबहादुर कार्की, मोहन भण्डारी र किशोर नेपाललाई प्रदान गरिएको थियो ।

समालोचक प्राज्ञ सुवेदीका छोराद्वय शरदराज सुवेदी र रुपकराज सुवेदीले राखेको रू. १५ लाख रुपियाँको अक्षयकोषको ब्याजबाट प्रत्येक वर्ष यो पुरस्कार प्रदान गरिन्छ । प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।

यस वर्षका पुरस्कारहरू आगामी चैत महिनामा एक समारोहको आयोजना गरी समर्पण गरिने भएको दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?