logo
२०८१ बैशाख ६ बिहीवार



‘मंगल’ अनुसन्धानात्मक जर्नल लोकार्पित

शिक्षा |


‘मंगल’ अनुसन्धानात्मक जर्नल लोकार्पित
फाेटाे साैजन्य – राजेन्द्र अधिकारी


काठमाडौं, फागुन २१ गते । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. हीराबहादुर महर्जनले देशमा जति शिक्षित जनशक्ति उत्पादन हुन्छ सोही अनुसार देश विकास हुनसक्ने बताउनुभएको छ ।

यहाँस्थित मंगल बहुमुखी क्याम्पसको सातौं साधारणसभा तथा दोश्रो ‘मंगल’ अनुसन्धानात्मक जर्नल लोकार्पण कार्यक्रममा उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।

उहाँले अन्तराष्ट्रिय छवि राम्रो बनाउन धेरैभन्दा धेरै अनुसन्धान र अनुसन्धानात्मक लेखरचना आवश्यक हुने बताउँदै सम्बद्ध पक्षले ध्यान दिन आग्रह गर्नुभयो ।

लोकार्पित जर्नलमा ‘शैक्षिणकता र अनुसन्धानका सन्दर्भमा नारीवाद’, ‘दनुवारी नाम उपवाक्ययुक्त मिश्र वाक्यको संरचना’, ‘मानसी उपन्यासमा लैङ्गिकता’सहित तीनवटा अनुसन्धानात्मक लेख र विभिन्न विधाका विभिन्न शीर्षकहरुमा पाँचवटा अङ्ग्रेजी भाषाका लेखहरु प्रकाशित छन् ।

यस्तै, सामुदायिक रुपमा स्थापित मंगल क्याम्पसमा प्रा.डा. श्यामकृष्ण महर्जनको नेतृत्वमा नौ सदस्यीय सञ्चालक समिति पनि गठन गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?