logo
२०८१ बैशाख २४ सोमवार



फागु विशेष चित्रकला कार्यशाला सम्पन्न

कला |


फागु विशेष चित्रकला कार्यशाला सम्पन्न


गोरखापत्र समाचारदाता
काठमाडौं चैत ३ गते । होली वा फागु पूर्णिमाका अवसर पारेर आज फागु विशेष चित्रकला कार्यशाला आयोजना गरियो । विगत आठ वर्षदेखि हरेक वर्ष स्पेक्ट्रम कला संस्थाले फागु पूर्णिमाको अवसरमा कार्यशाला आयोजना गर्दै आईरहेको छ । शहरा केन्द्रित कलालाई उपत्यका बाहिर लगेर प्रचारप्रसार गर्ने र गाउँका कुनाकन्दरामा रहेका कला संस्कृतिलाई कला मार्फत शहरमा तथा विदेशमा प्रदर्शनी गर्ने अर्काे उद्देश्य सहित यस वर्ष काठमाडौ नजिकै रहेको तिनपिप्ले क्षेत्रमा कार्यक्रम गरिएको जानकारी संस्थाका अध्यक्ष ईन्द्र श्रेष्ठले दिनुभयो ।
स्पेक्ट्रम कला संस्थाको आयोजनामा भएको कार्यशालामा कलाकार पन्त संगै साहित्यकार डा. रामप्रसाद ज्ञवाली, अशोक सुवेदी, र शास्त्रीय संगीतज्ञ चण्डिप्रसाद काफ्ले लगायतले चित्रकला मार्फत आफ्नो भावना क्यान्भासमा पोख्नुभयो ।
आगामी वर्षहरुमा पनि अन्य कलाकार र विविध क्षेत्रका विशिष्ठ व्यतिmत्वलाई कलासंग जोड्ने गरि कार्यक्रम आयोजना गरिने र कार्यशालामा सृजित कलाकृतिको चाडैनै प्रदर्शनी गरिने कार्यक्रमका संयोजक रामकृष्ण थापाले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?