logo
२०८१ बैशाख १५ शनिवार



पिपल्स च्वाइस अवार्डको ‘नोमिनेसन’ : मदनकृष्णलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

कला |


पिपल्स च्वाइस अवार्डको ‘नोमिनेसन’ : मदनकृष्णलाई लाइफटाइम अचिभमेन्ट अवार्ड


काठमाडौं, चैत ६ गते। नेपाल भाषाको गीत संगीत र चलचित्र क्षेत्रमा योगदान गरेबापत वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ। ‘पेज थ्री पिपल्स च्वाइस’ अवार्ड ११४२ को नोमिनेसन समारोहमा श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्ड दिने घोषणा भएको हो।

शनिबार पाटन म्युजियम परिसरमा आयोजित समारोहमा मनोनयनमा पर्नुभएका २०२ जनाको नामसमेत सार्वजनिक गरिएको छ। संगीतमा १९, म्युजिक भिडियोमा १३ तथा चलचित्रमा १४ गरेर ४६ विधामाका २०२ जनाको नाम सार्वजनिक भएको हो।

इलोहं प्रकाशनले विगत १२ वर्षदेखि कलाक्षेत्रलाई थप ऊर्जा दिन यो कार्यक्रम गर्दै आएको छ। यो अवार्ड हरेक तीन वर्षमा प्रदान गरिन्छ। पेज थ्रीका सम्पादक दर्शनवीर शाक्यले नेपाल भाषाका चलचित्र नियमित रुपमा नबनेका कारण अवार्ड हरेक तीन वर्षमा प्रदान गरिँदै आएको उल्लेख गर्नुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?